Comments Add Comment

एनआरएनए चुनावमा समाजवादी पार्टीको समर्थन पन्तलाई

२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा समाजवादी पार्टीले कुमार पन्तको प्यानललाई समर्थन गरेको छ ।

बुधबार काठमाडौंमा हुने निर्वाचनमा एनआरएनएको नयाँ नेतृत्वका लागि पन्तको प्यानललाई समर्थन गरेको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

एनआरएनएको नयाँ नेतृत्वका लागि पन्तसँगै कुल आचार्यको प्यानल प्रतिस्पर्धामा छ । सम्मेलनमा करिब २५ सय मतदाताले मतदान गर्दैछन् । जसमध्ये २ सय जना समाजवादी पार्टीका समर्थक रहेको पाण्डेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment