Comments Add Comment

एल क्लासिको बेर्नाबाउमा सार्ने प्रस्ताव

२९ असोज, काठमाडौं । बार्सिलोनाले सिजनको पहिलो एल क्लासिकोका लागि २६ अक्टोबरमा रियल मड्रिडलाई स्वागत गर्ने तालिका छ । तर ला लिगाले यो खेल बेर्नाबाउमा सार्ने प्रस्ताव स्पेनिस फुटबल महासंघ र दुबै क्लबलाई पठाएको छ ।

क्याटलोनिया स्वतन्त्रतालाई लिएर नेताहरुलाई जेल हालेपछि बार्सिलोनामा विरोध प्रदर्शन हुने अनुमान छ । यसले बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुने खेल समेत असुरक्षित हुनसक्छ ।

दुबै क्लब सहमत भए यो क्लासिको बेर्नाबाउमा हुनेछ भने २०२० मार्चको क्लासिको नाउ क्याम्पमा ।

स्पेनिस फुटबल महासंघकाअनुसार यसबारे सोमबारसम्म दुबै क्लबले जवाफ दिइसक्नुपर्नेछ । दुबै क्लबको जवाफ र परिस्थिति हरेर निर्णय लिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment