+

पोग्बाले लिभरपुलविरुद्धको खेल गुमाउने

२०७६ असोज  ३० गते ९:२९ २०७६ असोज ३० गते ९:२९
पोग्बाले लिभरपुलविरुद्धको खेल गुमाउने

३० असोज, काठमाडौं । म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले इंग्लिस पि्रमियर लिग लिडर लिभरपुल विरुद्धको खेल गुमाउने भएका छन् ।

आइतबार राति म्यान्चेस्टर युनाइटेडले आफ्नै मैदानमा इंग्लिस पि्रमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ । तर यो खेलका लागि २६ वर्षीय प|mान्सेली खेलाडी पोग्बा हुने छैनन् ।

पोग्बाको खुट्टामा चोट लागेको छ । उनले चोटकै कारण अगष्टदेखि अहिलेसम्म दुई खेलमा मात्रै अवसर पाएका छन् ।

शीर्ष स्थानमा रहेको लिभरपुलको आठ खेलमा अपराजित रहँदै २४ अंक छ । यता, म्यान्चेस्टर युनाइटेड भने लिगको १२ औं स्थानमा छ । उसको आठ खेल खेलिसक्दा पनि ९ अंक मात्रै छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय