+

यूएईका क्रिकेट कप्तानसहित तीन खेलाडीलाई प्रतिबन्ध !

२०७६ असोज  ३० गते १०:०७ २०७६ असोज ३० गते १०:०७
यूएईका क्रिकेट कप्तानसहित तीन खेलाडीलाई प्रतिबन्ध !

३० असोज, काठमाडौं । टी-२० विश्वकप छनोटको मुखैमा यूएईका कप्तानसहित तीन क्रिकेट खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रतिबन्धमा परेका छन् ।

आईसीसीले म्याच फिक्सिङको आरोपमा कप्तान मोहमद नाभिद, शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको हो । आईसीसीले प्रेस विज्ञप्ति निकाल्दै तत्काल लागु हुने गरी कप्तान नाभिदसहित तीन खेलाडीलाई प्रतिबन्धमा पारेको हो ।

२०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकपको लागि यूएईमा यही शुक्रबारदेखि छनोट प्रतियोगिता सुरु हुँदैछ । तर प्रतियोगिताअघि आफ्ना तीन खेलाडीले खेल मिलेमतो गर्दै भ्रष्टाचार गरेको आरोपमा निलम्बन परेपछि यूएई टिम समस्यामा आएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय