+
+
Shares

यौन सम्बन्धमा तनका साथै मन पनि हुनुपर्छ तन्दुरुस्त

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३० गते १३:०२

हामी सबैलाई थाहा भएकै कुरा हो, यौन सम्बन्धले श्रीमान्-श्रीमतीको सम्बन्धलाई बलियो बनाउँछ । यद्यपि, सफल यौन सम्बन्धका लागि स्वस्थ शरीरका साथैसाथै मन पनि स्वस्थ हुनु उत्तिकै अनिवार्य छ ।

यौन सम्बन्धमा असफल हुनु भनेको एउटा पुरुषका लागि अति नै गम्भिर कुरा हुन सक्छ । त्यसैले आज हामी यौन सम्बन्धमा कुन-कुन बेला असफलता प्राप्त हुन्छ भन्ने बारेमा चर्चा गर्दैछौं ।

यौन सम्बन्ध राख्ने इच्छा हुनेबित्तिकै इन्दि्रयतर्फ रक्त सञ्चारको प्रभाव बढ्छ, जसबाट इन्द्रियको आकार बढ्नुका साथै त्यसमा कठोरता आउँछ । यदि तपाईंको जोडी भय, चिन्ता, तनावबाट दिक्क छ भने इन्दि्रयको कठोरता समाप्त हुन्छ अथवा कम हुन थाल्छ र यौन सन्तुष्टि प्राप्त गर्न सकिँदैन ।

मानसिक तनाव

यौन सम्बन्धमा असफलताको एउटा कारण मानसिक पनि हो । इन्दि्रयको आकार परिवर्तन नर्भस स्टिम्युलेसनमा आधारित हुन्छ । संवेदना नै भएन भने आकार बढ्ने कुरै हुँदैन । यौन सम्बन्धको प्रवल इच्छा हुँदाहुँदै पनि कतिपय पुरुष इन्दि्रय शिथिलताका कारण यौन सम्बन्ध राख्न असमर्थ हुन्छन् ।

अमिलो-पीरोको अधिक सेवन

अमिलो, पिरो, चिल्लो खानाको अत्यधिक सेवन गर्नाले वीर्य विकृत हुन्छ । परिणामस्वरुप सेक्स पार्टनरले यौन सम्बन्धको भरपूर आनन्द उठाउन पाउँदैनन् ।

प्रजनन अंगमा रोग

प्रजनन अंगमा रोग लागेका कारण पनि इन्द्रियको आकार बढ्ने प्रकृयामा समस्या पैदा हुन्छ, जसले श्रीमान्-श्रीमती दुवैले यौन सम्बन्धको आनन्द लिन सक्दैनन् । कतिपय अवस्थामा त पुरुषको अंगमा चोट लागेका कारण पनि त्यसको आकारमा परिवर्तन आउँदैन । यसबाहेक कतिपटक त मन तथा शरीर दुवैको कामावेगले उत्तेजित भए पनि सहवास प्रकृयाको क्रममा श्रीमानको अतिशीघ्र स्खलित हुने र श्रीमतीलाई पीडी महसुस हुने समस्या पनि देखिन्छ ।

श्रीमतीको असहयोग

यदि श्रीमतीले यौन सम्पर्कको क्रममा श्रीमानलाई पूर्णरुपले सहयोग गर्न सकिनन् अथवा आफ्नो साजसज्जा तथा शरीरको सरसफाइमा ध्यान दिँदैनिन् भने पनि श्रीमानको मनमा यौन सम्पर्कप्रति अरुचि हुन सक्छ ।

अनावश्यक नियम बनाइनु

कतिपय अवस्थामा यौन सम्बन्ध राख्ने क्रममा श्रीमतीहरुले केही अनावश्यक नियमहरु लगाइदिएका हुन्छन्, जस्तै बत्ती ननिभाउने, नयाँ तरिका अपनाउन अस्विकार गर्ने, छिटो गर भन्दै बारम्बार कराउने आदिका कारणले पनि यौन सम्बन्ध सुमुधर हुन असफल भैरहेको हुन्छ ।

उत्साहको कमी

सहवासको क्रममा श्रीमान्-श्रीमती दुवै उत्साहित हुँदै, हाँस्दै-बोल्दै, चल्दै एक-अर्कालाई सहयोग गर्नु पर्छ । यदि श्रीमतीहरुले यसो गरेनन् भने श्रीमानलाई के लाग्छ भने श्रीमतीले केवल औपचारिकतामात्र निर्वाह गरिरहेकी छिन् ।

सन्तुष्टिलाई बेवास्ता गर्नु

जसरी श्रीमतीले यौन सम्बन्धमा श्रीमानलाई पूर्णरुपले सन्तुष्ट बनाउन सकियोस् भन्ने चाहन्छिन्, ठीक त्यसैगरी श्रीमानले पनि श्रीमतीलाई पूर्णरुपले सन्तुष्ट बनाउँछु भन्ने चाहनु राख्नु पर्छ । यो कुरा त्यो बेलामात्र सम्भव हुन्छ, जब दुवैजना मानसिक तथा शारीरिक रुपले एक-अर्कामा समाहित भएर सम्बन्ध बनाउँछन् ।

इम्युनिटी बढाउँछ

यौन सम्बन्धले सम्पूर्ण शरीरलाई प्रभावित गर्छ । यसले मन-मस्तिष्कसँग-सँगै रोग प्रतिरोधक क्षमता पनि बढाउँछ ।

मांसपेशी फर्किने समस्याबाट छुटकारा

यदि श्रीमान् अथवा श्रीमती स्टिफनेस (बाउँडिने समस्या) को समस्याबाट पीडित छन् भने यौन सम्बन्धको क्रियाकलापले उनीहरुलाई फाइदा पुर्‍याउन सक्छ । वास्तवमा, यो यौन सम्पर्क त्यस्तो क्रिया हो, जसले शरीरका सम्पूर्ण मांसपेशीहरुको व्यायाम हुन्छ र स्टिफनेस जस्तो समस्याबाट पनि छुटकारा पाइन्छ । सही यौनसम्पर्कले कोलेस्ट्रोल नियन्त्रण हुन्छ, रोगप्रतिरोधक क्षमता बढ्छ, रुघा-खोकी जस्ता समस्याहरु समेत कम हुने बताइन्छ ।

पेनकिलर नै हो

शरीरको कुनै पनि भागमा सामान्य दुखेको महसुस भएको छ भने त्यसैका कारण यौन सम्बन्धलाई रोक्नु हुँदैन । किनभने यौन सम्बन्ध राख्नाले दुखाइबाट समेत राहत मिल्छ, यसले तनावसमेत भगाउँछ ।

उमेरसँगै बढ्छ सुन्दरता

यदि श्रीमान्-श्रीमती दुवैले खुलेर यौन सुखलाई अपनाउने हो भने त्यसले उनीहरुको सुन्दरता मात्र बढ्दैन, उमेरसमेत बढ्छ ।

यौनको कमजोरीमा टेस्टोस्टेरोनको प्रयोग गर्नुपर्छ अर्थात पुरुष हार्मोनले उपचार गरिन्छ । यो प्रकृया ती रोगीहरुका लागि पनि उपयोगी सावित हुन्छ, जसको शरीरमा वास्तवमै कामोत्तेजनाको कमी हुन्छ । यसप्रकार यौन सम्बन्धमा हुने कमजोरीलाई कम गर्नका लागि सुखद यौन जिन्दगी बाँच्नु आजको व्यस्तताले भरिएको जिन्दगीका लागि अति नै अनिवार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?