+
+
Shares

प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहार गरेको अरोपमा तालिम केन्द्रका सई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३० गते १५:४१

३० असोज, बाँके । नेपालगञ्जस्थित प्रदेश प्रहरी तालिम केन्द्रभित्रै युवतीमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी परेको छ । आइतबार अपरान्ह ३ बजे महिला ब्यारेकभित्र प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहारको प्रयास भएको प्रहरीमा उजुरी परेको हो ।

घटनामा संलग्न रहेको आरोपमा तालिमक केन्द्रमै कार्यरत नायब निरीक्षक (सई) बमबहादुर राना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी वीरबहादुर वलीले रानालाई पक्राउ गरिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘पीडितले जाहेरी दिनु भएपछि पक्राउ गरेर अनुसन्धान थालेका छौं ।’

वलीका अनुसार उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिन म्याद थप भइसकेको छ । ‘विस्तृत अनुसन्धान र प्राविधिक पक्षको छानविन गरिरहेका छौं’, उनले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?