Comments Add Comment

चितवनमा जेसीज विकास रनिङ शिल्ड प्रतियोगिता सुरु

३० असोज, चितवन । नारायणगढ जेसीजको चितवनमा ‘जेसीज विकास रनिङ शिल्ड’ फुटवल प्रतियोगिता सुरु भएको छ ।

नारायणगढको क्याम्पाचौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार घरेलु टोली चितवन ११ र मकवानपुर ११ बीच प्रतिस्पर्धा हुँदैछ ।

कात्तिक ९ गतेसम्म चल्ने प्रतियोगितामा सहभागी हुने टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लब, चितवन ११, मकवानपुर ११, झापा ११ र नेपाल आर्मी क्लब समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा नेपाल पुलिस क्लब, सरस्वती युवा क्लब, युनाइटेड दार्जीलिङ, जावलाखेल युथ क्लब र संकटा क्लब रहेको प्रतियोगिता संयोजक कपिल श्रेष्ठले जानकारी दिए ।

मैदानको पश्चिमतर्फ बनाइएको अस्थायी प्याराफिट बनाइएको छ । यहाँ करिब एक हजार आठ सय दर्शक अटाउने दाबी आयोजकको छ ।

प्रतियोगितामा विजयी हुनेले ६ लाख ६ हजार ६६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले तीन लाख तीन हजार ३३३ रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताको क्वाटरफाइनलसम्म अवलोकनका लागि एक सय र दुई सय रुपैयाँको टिकट तथा सेमिफाइनल र फाइनल अवलोकनका लागि दुई सय र तीन सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment