+
+
Shares

विद्यार्थीहरुको गुणीय चक्रको १५औं राष्ट्रिय अधिवेशन हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३० गते १६:०३

३० असोज, काठमाडौं । क्वेष्ट नेपाल (क्वालिटि सर्कल्स इनएजुकेशन फर स्टुडेण्ट्स पर्सनालिटी डिभलपमण्ट नेपाल) द्वारा आयोजित विद्यार्थीहरुको गुणीय चक्रको १५औं राष्ट्रिय अधिवेशन कार्तिक २ देखि ४ गतेसम्म डिएभी सुशील केडिया विश्वभारती स्कूल, जावलाखेल, ललितपुरमा आयोजना हुने भएको छ ।

कार्यक्रमको उद्घाटन प्रदेश नं ३ का प्रदेश प्रमूख अनुराधा कोइरालाले गर्दैछिन् । समापन शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयका सचिवश्री महेश प्रसाद दाहालले गर्नेछन् ।

सम्मेलनमा सहभागी विद्यार्थीहरुको हौसलाका लागि अमेरिका, बंगलादेश, र भारतबाट अन्तर्राष्ट्रिय पाहुनाहरुको समेत सहभागिता रहनेछ ।  सम्मेलनमा झापा, सुनसरी, मोरङ, बारा, मकवानपुर, धनुषा, चितवन, नवलपुर, कास्की, स्याङ्जा, रुपन्देही, पाल्पा, धनगढी, सुर्खेत, काभ्रे, काठमाडाैं, भक्तपुर र ललितपुरबाट १४० विद्यालयका १००० -६०० जवानआवासीय र ४०० जवान गैर आवासीय) विद्यार्थीहरु, २०० पर्यवेक्षक, शिक्षक शिक्षिका, प्रधानाध्यापक तथा शिक्षाविद्हरुले सहभागिता जनाउने छन् ।

क्वेष्ट नेपालका अध्यक्ष राजकुमार महर्जनज्यूले सम्मेलनको अध्यक्षता गर्नेछन् भने डिएभी सुशील केडिया विश्वभारती स्कूल, जावलाखेल, ललितपुरका अध्यक्ष अनिल केडियाको आतिथ्यमा ३ दिने राष्ट्रिय सम्मेलन सम्पन्न हुनेछ ।

विद्यार्थीहरुको गुणीय चक्र (एसक्यूसी) विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने शैक्षिक कार्यक्रम हो र यो सन् १९९९ देखि देखि देशका विभिन्न शैक्षिक संस्थाहरुमा एक नविनतम शैक्षिक क्रियाकलापको रुपमा भित्रिएको थियो भने सन् २००५ देखि हरेक बर्ष राष्ट्रिय सम्मेलनको आयोजना गरी नविनतम शैक्षिक अभियानको रुपमा अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?