
३० असोज, काठमाडौं । १५औं विश्व उसु प्यासिफिक च्याम्पीयनसिपमा सहभागी हुन नेपाली उसु खेलाडी चीनतर्फ प्रस्थान गरेका छन् ।
नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले बिहीबार एक कार्यक्रमकाबीच चीनतर्फ जाने खेलाडीलाई विदाई गरे । च्याम्पियनसिपमा नेपालबाट विभिन्न विधामा ११ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
थाउलोतर्फ सुस्मिता तामाङ, निमा घर्तीमगर, विजय सिन्जाली, दिपक हमाल, मिना ग्लान, विश्व बुढामगर, कविता थापा र शिवजी सिलवालले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै, सान्सोतर्फ विन्दु पुनमगर, जुली राई र किरण सिंह सावदले सहभागिता जनाउने छन् । टोलीको प्रशिक्षकमा तुलसी नन्द बज्राचार्य र ब्यवस्थापकमा लानम लामा रहेका छन् ।
चीनको संघाइमा अक्टोबर १९ देखी २५ सम्म प्रतियोगिता आयोजना हुनेछ । यो प्रतियोगितामा भाग लिनुको मुख्यकारण नजिकिदै गरेको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा राम्रो नतिजा ल्याउनुको लागि भएको संघले बताएको छ ।
प्रतिक्रिया 4