+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कम्युनिस्टहरु सत्तामा गएपछि सुटेडबुटेड हुन्छन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १ गते १३:४५

१ कात्तिक, धनगढी । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा गएपछि फेरिने कम्युनिस्ट पार्टीहरु पुरानै रोग भएको बताएका छन् ।

शुक्रबार धनगढीमा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्टहरु सत्तामा गएको ५÷७ वर्षमा कर्मचारी जस्तो हुने गरेको टिप्पणी गरेका हुन् । ‘सत्तामा नजाँदासम्म कम्म्युनिस्ट पार्टीका नेता असाध्यै राम्रा, जति दुःख पाएपनि भूमिगत बस्ने, जनताको घरमा जाने, जनता जस्तै हुन्छन्’, उनले भने, ‘कम्युनिस्टहरु सत्तामा गएपछि सुटेडबुटेड, चिल्ला गाडी …।’

उनले हाँस्दै भने, ‘चढ्न पनि पर्‍यो फेरि । ’

राजा फालेपनि कर्मचारीतन्त्र पुरानै भएको र उनीहरुसँग संगत गर्दागर्दै कम्युनिस्ट नेताहरु पनि कर्मचारी जस्तै हुने उनले सुनाए । कर्मचारी जस्ता नेता भएपछि परिर्वतन खतरामा पर्ने र जनता निराश हुने खतरा हुन्छ’ नेकपा अध्यक्ष प्रचण्डले भने, त्यो खतरा अब चाहिँ आउँदैन भन्न पार्टी एकता गरेको हो ।’

सत्तामा पुगेपछि कम्युनिस्टहरुले पनि अब हाम्रो पालो भनेर पद, प्रतिष्ठा पैसा खोज्नतिर लाग्ने र आफैं पतन भएर जाने गरेको इतिहास रहेको उनले स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?