+
+
Shares

टिपरको ठक्करले महोत्तरीमा एक बालकको मृत्यु  

रासस रासस
२०७६ कात्तिक १ गते १६:५०

१ कात्तिक, जलेश्वर । महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा शुक्रबार बिहान बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सो सडकखण्डको सम्सी गाउँपालिका–२ पर्सामा बालुवा बोकेर गौशालाबाट सम्सीतिर जाँदै गरेको ज१क ४६६ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय शेष कलिमका आठ वर्षीय छोरा शेष औकादको मृत्यु भएको हो ।

टिपर तीव्र गतिमा गइरहेका बेला अचानक बाटो काट्न खोजेका बालकको किचिएर घटनास्थलमै मृत्यु भएको हो । मृतक बालकको शव सडकमै राखेर क्षतिपूर्तिको माग गर्दै आफन्त तथा स्थानीयले सो सडकखण्ड चक्काजाम गरेका छन् ।

पोखरीमा डुबेर बालिकाको मृत्यु    

महोत्तरीको महोत्तरी गाउँपालिका– ६ हरिगौरीगामा पोखरीमा डुबेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीया चाँदनीकुमारी बरही ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
बालिका ठाकुर साथीसँग घर नजिकैको पोखरीमा नुहाउन गएका बेला पानीभित्र पुगेपछि डुबेर मृत्यु भएको हो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाउने तयारी भइरहेको उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?