+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आलम पक्राउ प्रकरण : अदालतबाट न्याय स्थापित भएको हेरेर मर्ने धोको

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७६ कात्तिक १ गते १७:५१

१ कात्तिक, रौतहट । छोराको हत्यारालाई कानूनी कारवाही नभएसम्म काजकिरिया नगर्ने प्रण गरेका थिए, श्रीनारायण सिंहले । २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटमा छोरा मारिएको शोकमा उनले गरेको यो प्रण अब पूरा हुने आशा पलाएको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा सबै प्रचारमा जुटेका थिए । सिंहका जेठा छोरा त्रिलोकप्रतापको बोल्ने शैलीले प्रभाव पार्छ भनेर नेपाली काग्रेसका कार्यकर्ता शेख भदई १८ चैतमा घरमै आएर राजपुर लगेका थिए । आफ्नो २४ वर्षका छोरा निर्वाचनमा बुथ कब्जा गर्न कांग्रेसका उम्मेदवार मोहम्मद आफताब आलमले बनाउन लगाइरहेको बमको शिकार बनेको श्रीनारायण सिंह बताउँछन् ।

त्रिलोकप्रताप सिंह

राजपुरको विस्फोटको आवाज वरपरको गाउँहरुमा पनि सुनिएको उनले बताए । उनका अनुसार, बम बनाउँदै गरेको घर बाहिर रहेका त्रिलोक विस्फोटमा घाइते भएर घर फर्कन खोज्दा आलमका कार्यकर्ताहरुले उपचार गर्न भन्दै रोकेर राखेका थिए । ‘मेरो छोरा घाइते मात्र भएको थियो, मरेको थिएन’, ७९ वर्षीय सिंह भन्छन्, ‘विस्फोटको घटना लुकाउन उसलाई उपचार गर्ने बाहनामा बेहोस बनाएर भट्टामा हालेर ज्युँदै पोले ।’

त्रिलोकसँगै अर्का घाईते ओशी अख्तरलाई भट्टामा हालेर पोलिएको उनी बताउँछन् । उनका अनुसार, छोरा घाइते भएको सुनेर खोज्दै गएकी आमा रुक्साना खातुनले भट्टाबाहिर अख्तरको जुत्तामात्र भेटेकी थिइन् । आफ्ना छोराहरुको हत्या भएको प्रहरी गुहार्न पुगेका सिंह र खातुनको निवेदन प्रहरीले दर्ता गर्न नमानेपछि उनीहरु पछि सर्वोच्च अदालतसम्म पुगेका थिए ।

त्यो जघन्य अपराध भएको १२ वर्षपछि रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य रहेका पूर्वमन्त्री मोहम्मद आफताब आलम गत आइतबार पक्राउ परेका छन् । घटनामा संलग्न भनिएका अन्य चार फरार छन् । ‘१३ औं वर्षमा अब त्रिलोकको विधिपूर्वक काजकिरिया गर्छु’ सिंह भन्छन्, ‘मेरो छोराको आत्माले शान्ति चाहिँ अदालतबाट हत्याराहरुलाई सजाय तोकिएपछि मात्र पाउँछ ।’

अदालतबाट न्याय स्थापित भएको हेरेर मर्ने धोको रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?