+
+
Shares

महाराजगञ्जमा प्रहरीको सर्च अपरेसन, ३२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ३ गते ११:५६

२ कात्तिक, काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले विभिन्न क्षेत्रमा सञ्चालन गरेको ‘कर्डन एण्ड सर्च’ अपरेसनका क्रममा शंकास्पद र गैरकानुनी गतिविधिमा संलग्न ३२ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम भने खुलाइएको छैन । स्क्रिनिङ गर्ने प्रक्रिया भइरहेकाले परिचय नखुलाइएको प्रहरीले जनाएको छ ।

डीएसपी उमेश लम्सालका अनुसार  पक्राउ पर्नेमा १४ महिला र १८ पुरुष रहे काछन्ब ।

अपरेसनका क्रममा टोखा-१०, भण्डारी टोलमा रहेको जीतबहादुर केसीको घरबाट जुवा खरिरहेका ९ जनाको समूह पनि समातिएको छ । उनीहरुको साथबाट दुई लाख ४ हजार रुपैयाँ बरामद भएको छ ।

टिचिङ हस्पिटल पछाडि कान्ति मार्गमा किराना पसल चलाउने गीता शर्मा पनि पक्राउ परेकी छन् । उनको साथबाट ३२ प्याकेट पटका बरामद भएको जनाइएको छ ।

विस्तृत अनुसन्धान भइरहेको लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?