३ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टेष्ट क्रिकेटमा भारतीय ओपनर ब्याट्सम्यान रोहित शर्माले दोहोरो शतक बनाएका छन् ।
आइबार विहान उनले दक्षिण अफ्रिकाविरुद्ध दोहोरो शतक पूरा गरे । दोहोरो शतक बनाउने क्रममा उनले २४९ बलमा २८ चौका र पाँच छक्का प्रहार गरे ।
यो रोहितको टेष्ट क्रिकेटकै सबभन्दा ठूलो उपलब्धी हो । उनले अहिलेसम्म दोहोरो शतक बनाएका थिएनन् । यसअघिसम्म रोहितको टेष्ट क्रिकेटमा उच्च स्कोर १७७ रन थियो ।
टेष्ट क्रिकेटमा रोहितले पाँच शतक बनाएका छन् भने १० अर्धशतक पूरा गरेका छन् ।
जारी खेलमा यसअघि अजिंक्या राहानेले पनि शतक बनाए । उनले ११५ रन बनाउँदै आउट भएका थिए ।
प्रतिक्रिया 4