+
+
Shares

‘जीवन काँडा कि फूल’को रिलिज मिति तय

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ३ गते १५:२३

चलचित्र ‘जीवन काँडा कि फूल’ कात्तिकको २२ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्रलाई साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त गर्न सफल जीवन काँडा कि फूल नामक पुस्तकमा आधारित रहेर तयार पारिएको हो ।

विनोद बिष्टको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा झमकको सानो हुँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूलो हुँदाको भूमिका काठमाण्डौकी रोजित वुद्धचार्यले गरेका छन् । चलचित्रमा स्विकृती शर्मा, सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारको अभिनय छ ।

झमकको कथा, मुक्ती उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा शिव ढकालको छायांकन, तारा थापाको सम्पादन छ । चलचित्रमा बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम सह–निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?