Comments Add Comment

ठूलो आवाज निकाल्ने मोटरसाइकल चलाए कारवाही

Photo Credit : फाइल तस्वीर

३ कात्तिक, काठमाडौं । ठूलो आवाज निकाल्ने मोटरसाइल चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ ।

ध्वनि प्रदूषण हुने गरी शहरमा कोलाहल मच्चाउनु, स्वरुप परिवर्तन गरी चलाउनु, लापरवाही ढंगले चलाउनु कानून विपरीत भन्दै ट्राफिक प्रहरी महाशाखाले त्यस्ता चालकलाई कारबाही गर्ने भनेको हो ।

यसरी मोटरसाइकल चलाएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम अधिकतम दण्ड जरिवाना गर्ने महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment