Comments Add Comment

सिंगापुर र पपुवा न्युगिनीको लगातार दोस्रो जित

३ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको समूह ‘ए’ का टिम सिंगापुर र पपुवा न्युगिनीले लगातार दोस्रो जित हात पारेका छन् ।

आइतबार यूएईमा भएको खेलमा सिंगापुरले बर्मुडालाई ५ विकेट र पपुवा न्युगिनीले नामिवियालाई ८१ रनले पराजित गरेका हुन् । यसअघि सिंगापुरले स्कटल्यान्डलाई दुई रनले र पपुवा न्युगिनीले बर्मुडालाई १० विकेटले पराजित गरेको थियो ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा भएको खेलमा १५० रनको लक्ष्य पछ्याएको सिंगापुरले १९.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो । सिंगापुरका लागि नविन परमले अविजित ७२ रन बनाए । त्यस्तै मनप्रित सिंहले २६ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बर्मुडाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनाएको थियो । बर्मुडाका लागि जानेरो टुक्करले ५० रन बनाएका थिए । बलिङतर्फ सिंगापुरका जनक प्रकाशले तीन विकेट लिए ।

त्यस्तै, आजै भएको समूह ‘ए’ को अर्को खेलमा पपुवा न्युगिनीले नामिवियामाथि ८१ रनको सहज जित निकालेको हो । १९८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नामिवियाले १७.१ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्रै बनाउन सक्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १९७ रन बनाएको थियो । उसका लागि टोनी उराले ७१ र कप्तान असद भालाले ४८ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment