Comments Add Comment

तौल घटाउने काइदा

फिट अर्थात् तन्दुरुस्त रहने चाहना हरेक व्यक्तिलाई हुन्छ । आफ्नो शरीरलाई फिट बनाउने चाहना पूरा गर्नका लागि हामी जे पनि गर्न तयार हुन्छौं । डाइटिङदेखि गाह्रोभन्दा गाह्रो कामसम्म गर्ने प्रयास गर्छौं । यति गर्दा पनि हामीले आफ्नो चाहना अनुरुपको शरीर बनाउन सकिरहेका हुँदैनौं, अर्थात् हामीले आफूलाई फिट राख्न सकिरहेका हुँदैनौं । सबैका लागि यो त्यति सहज कार्य हुँदै होइन ।

वास्तवमा हामीमध्ये कतिपय व्यक्तिहरु कैयौं प्रकारका डाइटको प्रयोग गर्छौं र कतिपय खानेकुराहरु खानै छाड्छौं । खानपिनको सूचीबाट धेरै खानेकुराहरु घटाउँदा समेत हामीले हाम्रो शरीरको वजन घटेको अनुभव भने गर्दैनौं । यदि तपाईंलाई पनि यस्तै भैरहेको छ भने केही टि्रकका साथ योजना बनाउनुपर्छ । यहाँ हामी तौल घटाउने केही प्रभावकारी तथा सजिला तरिकाहरुका बारेमा जानकारी दिँदैछौं ।

तेलको मात्रा कम

यदि तपाईं आफ्नो शरीरको वजन घटाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला तेल खान कम गर्नुपर्छ । तेलको विकल्प खोज्नु सबैभन्दा उत्तम हुन्छ । एक चम्चा घिउ अथवा तेलमा १ सय ३५ क्यालोरी हुन्छ, जुन म्यानेजेवल हुन्छ । वजन घटाउनका लागि तपाईंले १२ सय क्यालोरी प्रतिदिनको ब्यालेन्स बनाउन पर्दछ ।

ब्राउन राइसको सेवन

सेतो चामलको भात तपाईंलाई जति नै मन परे पनि, यदि तपाईंलाई वजन घटाउनु छ भने यो खानै छाड्नुपर्छ । यसको साटो तपाईर्ले ब्राउन राइस खान सक्नुहुन्छ । ब्राउन राइसको आधा कपमा १ सय ३३ क्यालोरी हुन्छ । सेतो चामलमा भने २ सय ६६ क्यालोरी हुन्छ । ब्राउन राइसले पनि तपाईंलाई पेट भरिएको महसुस हुनेछ । साथै सेतो चामको तुलनामा ब्राउन राइसमा ग्लाइसेमिक इन्डेक्स पनि निकै कम हुन्छ ।

खानाको मात्रामा ध्यान

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने जब तपाईं आफ्नो वजन घटाउनका लागि केही खानेकुराहरु खानबाट आफैंलाई रोक्नुहुन्छ । तर जुन दिन तपाईंलाई ती खानेकुराहरु खान मन लाग्छ, त्यो बेला तपाईंले यति धेरै खाइदिनुहुन्छ कि यसअघि गरेको सम्पूर्ण मेहनत खेर जान्छ । त्यसैले तपाईंले खानाको मात्रालाई ध्यान दिँदै खाने बानी विकास गर्नु उत्तम हुन्छ ।

ब्रेकफास्ट

फिट रहनका लागि ब्रेकफास्ट छाड्ने विचार सबैभन्दा नराम्रो निर्णय हो । त्यसो गर्नाले तपाईंको पेटमा ग्यास र भारीपना जस्ता समस्याहरु पैदा हुन्छन् । स्वस्थ ब्रेकफास्ट लिनुपर्छ, ताकी तपाईंलाई पूर्ण रुपले पोषण मिलोस् । ओटमीले राम्रो र स्वस्थ ब्रेकफास्ट हुनसक्छ । यसले तपाईंलाई लामो समयसम्म भोक लाग्न दिँदैन ।

खानेकुरालाई भाग लगाउने

दिनभरीमा दुई अथवा तीन पटक धेरै मात्रामा खानुको साटो थोरै-थोरै खाना ६ पटकसम्म खानु राम्रो हुन्छ । स्न्याक्स लिन रोक्न हुँदैन, यद्यपि फ्राइ गरिएका स्न्याक्सभन्दा सेकिएका अर्थात् उसिनेका स्न्याक्स लिनु स्वास्थबर्द्धक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment