+
+

१० लाख युरोको नोटसहित पाँच जना पक्राउ

सक्कली वा नक्कली पत्ता लगाउन राष्ट्र बैंक पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ४ गते १४:२६

४ कात्तिक, बुटवल । रुपन्देहीको सैनामैना सोरौलीबाट १० लाख युरोको एउटा नोटसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

नोट सक्कली हो या नक्कली भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेम थापाले बताए ।

नोटबारे यकिन जानकारीका लागि उक्त नोटलाई नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय काठमाडौं पठाइएको थापाले बताए ।

प्रारम्भिक अनुसन्धानबाट उक्त नोट सटही नहुने र मौदि्रक मूल्य नभएको केवल शो केसमा सजाएर राख्ने प्रयोजनको भएको बुझिएको प्रहरी उपरीक्षक थापाले बताए । ‘हामी अनुसन्धानमै छौं, अहिलेसम्मको बुझाइमा यो नोट सटही गर्न वा प्रयोगमा ल्याउन मिल्ने खालको होइन भन्ने छ,’ ‘नोटबारे यकिन गर्न राष्ट्र बैंकलाई लेखेर पठाएका छौं ।’

नोट सटही भएको खण्डमा १२ करोड ८० लाख नेपाली रुपैयाँ हुन आउँछ ।

पक्राउ पर्नेमा सैनामैना २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङका गणेश सुनार रहेका छन् ।

उनीहरुबाट ६ थान मोबाइल पनि बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?