Comments Add Comment

पपुवा न्युगिनीमाथि स्कटल्यान्डको रोमाञ्चक जित

४ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट क्रिकेटमा स्कटल्यान्डले पपुवा न्युगिनीलाई चार रनले पराजित गरेको छ ।

सोमबार यूएईमा भएको समूह ‘ए’ को खेलमा स्कटल्यान्डले पपुवा न्युगिनीमाथि रोमाञ्चक जित हात पार्दै आफ्नो तेस्रो खेलमा दोस्रो जित हात पारेको हो ।

१४७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रन मात्रै बनाउन सकेपछि स्कटल्यान्डले साँघुरो जित निकालेको हो ।

पपुवा न्युगिनीका लागि नोरमान भनुआले ३३ र लेगा सिएकाले ३१ रन बनाएपनि जित दिलाउन सकेनन् । स्कटल्यान्डका लागि हाम्जा ताहिरले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान केयल कोएट्जरले ५४ रन बनाउँदा माथेव क्रसले अविजित ४० रन बनाएका थिए ।

यसअघि आफने पहिलो खेल स्कटल्यान्ड सिांगपुरसँग दुई रनले पराजित भएको थियो । त्यस्तै, दास्रो खेलमा भने केन्यामाथि स्कटल्यान्डले ३१ रनको हार ब्यहोरेको थियो ।

यता, पपुवा न्युगिनीले भने आफ्नो पहिलो खेलमा बर्मुडामाथि १० विकेट र नामिवियामाथि ८१ रनको जित हात पारेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment