Comments Add Comment

भारतबाट ल्याएको मिठाइसहित २ जना पक्राउ

४ कात्तिक, कैलाली । भारतबाट भन्सार छलेर ल्याएको मिठाइसहित कैलाली प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-८ का हेमन्त नेपाली र रमेशबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ल्याएको १७५ पेटी सोनपापडी, ८ पेटी पेडा, ४५ पेटी मिलकेक र मिठाइ प्याक गर्ने कागज बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

बरामद गरेको मिठाइमा उत्पादन मिति र अन्तिम मितिसमेत नरहेको प्रहरीले जनाएको छ ।

तिहारको बेला मिठाइको माग अत्याधिक हुने र यो बेलामा भारतबाट सस्तोमा अखाद्य मिठाइ ल्याइ बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले नाकामा निगरानी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment