५ कात्तिक, काठमाडौं । क्याट क्वीन्स काठमाडौं महिला च्याम्पियन्स लिग क्रिकेटको फाइनलमा पुगेको छ ।
सोमबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको इलिमिनेटर खेलमा काठमाडौंले विराटनगर टाइटन्सलाई ९ विकेटले पराजित गर्दै फाइनलमा चितवन राइनोजसँगको भेट पक्का गरेको हो ।
६९ रनको सामान्य लक्ष्य काठमाडौंले ९.५ ओभरमा मात्र एक विकेटको क्षतिमा भेट्टायो कप्तान रुविना क्षेत्री ३४ र अप्सरी बेगम २७ रनमा अविजित रहे । विराटनगरका लागि सोनु खड्काले एक विकेट लिइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १७.३ ओभरमा सबै विकेटको क्षतिमा ६८ रनमात्रै बनाएको थियो । विराटनगरलाई सस्तैमा समेट्ने क्रममा कप्तान रुविना क्षेत्रीले चार विकेट लिइन् ।
उनले चार ओभरमा एक ओभर मेडन राखेर मात्र चार रन खर्चिइन् । विराटनगरका लागि सोनु खड्काले ३४ रन बनाउनबाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
चितवन राइनोज भने लिग चरणको सबै खेल जित्दै फाइनल पुगेको हो । फाइनल खेल बिहीबार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
प्रतिक्रिया 4