+
+

कैलालीबाट पटका लगायतका सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते १८:३१

५ कार्तिक, कैलाली । सशस्त्र प्रहरीले कैलालीबाट पटका लगायतका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल खक्रौलाको टोलीले टीकापुर नगरपालिका-७ कालाकुण्डाबाट अवैध रुपमा भारतबाट नेपाल भित्रयाउँदै गरेको अवस्थामा पटका लगायतका सामान बरामद गरेको हो । अन्जादी १ लाख ६ हजार ७ सय ९० रुपैयाँ बराबरको सामान बीओपी कार्यालयमा ल्याएर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टरबाट खटेको टोलीले धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा भन्सार छलेर ल्याउँदै गरेको मिठाइ बरामद गरेको छ । भारतबाट करिब १५ हजार रुपैयाँ बराबरको ५० किलो मिठाइ ल्याउँदै गर्दा बरामद गरी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टरका शसस्त्र प्रहरी नायब उपरिक्षक भिम बहादुर चन्दले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?