+
+

नेदरल्यान्ड्सको लगातार तेस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते २०:०२

५ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेदरल्यान्ड्सले लगातार तेस्रो जित हात पारेको छ ।

यूएईमा भएको समूह ‘ए’ को खेलमा नेदरल्यान्ड्सले सिंगापुरलाई पाँच विकेटले पराजित गरेको हो । १०२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले १६.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

नेदरल्यान्ड्सको जितमा म्याक्स ओडवडले ३५ र कोलिन एकरमनले ३४ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले १८.५ ओभरमा सबै विकेटको क्षतिमा १०१ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले २८ र अरित्र दुत्ताले २० रन बनाए । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा रोइलोफ भान र टिम भानले समान ३–३ विकेट लिए ।

यो जितसँगै नेदरल्यान्ड्सले तीन खेलमा शतप्रतिशत जित हात पार्दै ६ अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?