+
+

‘छ माया छपक्कै’ हेरेपछि बाबुरामले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते ११:४५

केही दिन अगाडि आयोजित विशेष शोमा पुग्न नसकेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले मंगलबार बेलुकी चलचित्र ‘छ माया छपक्कै’ हेरेका छन् । चलचित्र हेर्न सिभिल मल काठमाण्डौ पुगेका बाबुरामले यस्ता चलचित्रलाई सबैले साथ दिनुपर्ने बताएका छन् ।

चलचित्र हेरिसकेपछि उनले भने–‘हल्काफुल्का कमेडी होला भन्ने सोचेको थिएँ । तर, यस्तो होइन रहेछ । यस्तो चलचित्रलाई सबै मिलेर साथ दिनुपर्छ ।’ चलचित्रले उठाएको बिषयवस्तुलाई पनि उनले प्रशंसा गरेका छन् । नेपाली चलचित्र बजारमा हिन्दी चलचित्रको दबदबा रहेको अवस्थामा यस्ता चलचित्रलाई प्रमोट गर्नुपर्ने उनको तर्क छ ।

यसअघि केही नेताहरुले समेत चलचित्र हेरेर यसको कथावस्तुलाई मन पराएका थिए । दिपेन्द्र लामाको निर्देशनमा तयार भएको यो चलचित्रले राजनीतिले अस्तव्यस्त बनाएको समाजमा जनता जागेको खण्डमा के हुन्छ भनेर देखाउन खोजेको छ ।

चलचित्रले १० करोडको आँकडा पार गरेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?