+
+

विप्लव समूहबाट सत्तारुढ नेकपाका कार्यकर्ता कुटिए

रासस रासस
२०७६ कात्तिक ६ गते २०:०५

६ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा बुधबार नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ ।

बिहान नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह र अनेरास्ववियुका जिल्ला सदस्य विशाल बस्नेतलगायतलाई बारेकोटको लैखमभीरमा आक्रमण गरी सख्त घाइते बनाएको नेकपाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकारको बर्बर आक्रमणको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । घाइतेको शीघ्र स्वास्थलाभको कामना गर्दछ, आक्रमणकारीलाई कडा कानूनी कारवाही गर्न सम्बद्ध निकायको ध्यानकार्षण गराउँदछ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?