Comments Add Comment

ओलीसँग प्रचण्ड रुष्ट, सहमति कार्यान्वयन नभए नयाँ ढंगले अघि बढ्ने

७ कात्तिक, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई मुख्य समाचार बनाएका छन् । कुनैले सुदूरपश्चिम प्रदेश प्रमुखको बेइमानीबारे लेखेका छन् भने केहीले नेकपा अध्यक्षद्वयबीच बढ्दो अविश्वास, सहकारीको बदमासी, जनप्रतिनिधिको डोजरमोहलगायत विषय उठाएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले गाउँलेको जग्गा धितो राखेर गरेको बेइमानीबारे निरन्तर चासो राख्दै आएको कान्तिपुरले आज पनि ‘ऋण तिर्न अर्को ऋण’ शीर्षक दिएर समाचार बनाएको छ ।

मल्ल परिवारले ३६ वर्षअघि किसानहरूको पुर्जा धितो राखी लिएको ऋण चुक्ता नगरेपछि पुख्यौंली जग्गा लिलाम हुनबाट बच्न नाति पुस्ता वार्षिक ६० प्रतिशतसम्म व्याजमा अर्को ऋण लिन बाध्य भएको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अर्का अध्यक्ष प्रचण्डले पार्टीका नेताहरूसँग छलफल र भेटघाट बढाएको अर्को खबर पनि कान्तिपुरमा छ ।

पछिल्लो समय प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरूलाई छुट्टाछुट्टै भेटेर आफूहरूबीच भएको सहमति कार्यान्वयनमा ओली अग्रसर नभएको गुनासो गर्न प्रचण्डले गर्न थालेका छन् ।

कान्तिपुरका अनुसार, प्रचण्डले विगतको सहमति कार्यान्वयन नभएको भन्दै प्रचण्डले प्याकेजमै फेरि अर्को सहमति गर्नुपर्ने बताउन थालेका छन् । प्रचण्डले खोजेको त्यस्तो प्याकेज सहमतिमा दुई अध्यक्षबीचको जिम्मेवारी बाँडफाँटलगायत रहेको बताइएको छ । यदि त्यस्तो सहमति बन्न नसकेमा नयाँ ढंगलले अघि बढ्ने प्रचण्डको भनाइ छ । प्रचण्डले नयाँ ढंगले अघि बढ्ने बताएको लेखिए पनि समाचारमा उनको कदम कस्तो हुनेछ भन्नेबारे केही खुलाइएको छैन ।

नागरिकको नजर सहकारीको बदमासीमाथि परेको छ । उसले सहकारीको नियतमाथि प्रश्न उठाउँदै ऋणीको घरजग्गा हडप्नेलगायतका गलत कार्य भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

गाँजाले गाँजेको गाउँको कथादेखि लेनदेन विवादमा धनुषामा भएको हत्यासम्मका विषयलाई नागरिकले पहिलो पृष्ठमा समेटेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment