+
+

हेलिकप्टर चढेर एयरपोर्ट गएकी राष्ट्रपति गाडी चढेर शीतलनिवास फिर्ता

'राष्ट्रपति भण्डारीको म्यानमा र जापान भ्रमण फलदायी'

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ७ गते ८:३४

७ कात्तिक, काठमाडौं । म्यानमा र जापानको भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी गएराति स्वदेश फर्किएकी छन् । सुरुमा म्यानमा भ्रमणमा गएकी उनी उतैबाट जापानका सम्राट् नारुहितोको गद्दी आरोहणमा सहभागी हुन टोकियो पुगेकी थिइन् ।

म्यानमा प्रस्थान गर्दा शीतल निवासबाट हेलिकोप्टर चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनी शीतलनिवास फर्किंदा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सडकमार्ग प्रयोग गरेकी थिइन् ।

राष्ट्रपतिलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीसँगै जापानबाट स्वदेश फर्किएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिको जापान भ्रमण फलदायी भएको बताए । यस भ्रमणले द्विपक्षीय सहयोग तथा सम्बन्ध बिस्तारमा महत्वपूर्ण सहयोग पुगेको उनले उल्लेख गरे ।
राष्ट्रपति भण्डारी म्यानमारबाट जापान गए पनि गृहमन्त्री थापा भने काठमाडौंबाट गएका थिए ।

राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गरेकी थिइन् । उनी कात्तिक ३ गते जापानी सम्राट् नारुहितोको शुभराज्याभिषेक समारोहमा सहभागी हुन म्यान्माबाट जापानतर्फ प्रस्थान गएकी थिइन् ।

जापानी सम्राटको शुभराज्याभिषेक समारोहमा राष्ट्रपति भण्डारीसँगै, गृहमन्त्री थापा, परराष्ट्र सचिव शंकरदास वैरागी, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीलगायत सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?