+
+
Shares

माछापोखरीमा एक वृद्धा मृत फेला   

रासस रासस
२०७६ कात्तिक ७ गते १२:२८

७ कात्तिक, भरतपुर । चितवनमा बुधबारदेखि हराएकी एक वृद्धा मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी बिहीबार बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन् । उनी बुधबार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानीयले वृद्धाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?