+
+
Shares

बजार अनुगमनमा चिनियाँ टोलीलाई सहभागी गराइने !

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ७ गते १३:०३

७ कात्तिक, काठमाडौं । संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले चिनियाँ अधिकारीहरुलाई समेत सहभागी गराएर नेपालमा बजार अनुगमनको प्रयत्न गर्ने भएको छ ।

समितिका सभापति विमल श्रीवास्तवले बिहीबारको बैठकका संयुक्त रुपमा बजार अनुगमन गर्न प्रयत्न गर्ने जानकारी दिएका हुन् । कहाँ र कहिले बजार अनुगमन गर्ने भन्नेबारे नखुलाइकन उनले भने, ‘समय मिलाएर चिनियाँ प्रतिनिधिमण्डलसँग संयुक्तरुपमा बजार अनुगमनमा जान प्रयत्न गर्नेछौं ।’

बिहीबार समितिको बैठकमा चिनियाँ प्रतिनिधि र उपभोक्ता हित संरक्षण समितिका सदस्यहरुबीच बजार अनुगमनबारे अनुभव आदान प्रदान गरेपछि सभापति श्रीवास्तवले सो कुरा बताएका हुन् ।

बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन उपमन्त्री ताङजुन नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो । उनीहरुले बजार अनुगमनबारे आ–आफ्ना अनुभव सुनाएका थिए । नेपाली र चिनियाँ प्रतिनिधिहरुले बजार अनुगमन, उपभोक्ता अधिकार, खाद्य अधिकारलगायतका विषयमा जानकारी गराएका थिए ।

बैठकको अन्त्यतिर चिनियाँ उपमन्त्री ताङले आफूहरुलाई महत्व दिएर संसदीय समितिको बैठकमा बोलाएकोमा धन्यवाद दिए । उनले समिति सदस्यहरुलाई चीन भ्रमणको निम्तोसमेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?