+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौंमा पनि मनाइयो युएन डे

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ७ गते १४:४०

७ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघीय नियोगहरुले वातावरण संरक्षणमा जोड दिँदै काठमाडौंमा पनि संघीय राष्ट्र संघ दिवस (युएन डे) मनाएका छन ।

युएन डेको अवसर पारेर बिहीबार काठमाडौंको राष्ट्रियसभा गृहमा नेपालस्थित संयुक्त राष्ट्र संघीय नियोगहरुले विभिन्न स्टलहरुको प्रदर्शनी गर्दै वातावरण संरक्षण, मानव अधिकार, बाल अधिकारलगायतका क्षेत्रमा काम गर्न सर्वसाधारणलाई पनि आह्वान गरेका हुन् ।

नेपालस्थित संयुक्त राष्ट्र संघीय नियोगहरु यूएनसिएचआर, आईएलओलगायतका संघ संस्थाहरुले नेपालमा भइरहेका कामहरुको जानकारी गराउने उद्देश्यका साथ आफ्ना प्रचार सामग्रीहरुको पनि प्रदर्शनी गरेका थिए ।

प्रदर्शनीस्थलमा युएनसँग आवद्ध नियोगका प्रमुखहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पनि प्रदान गरिएको थियो । संयुक्त राष्ट्र संघ अन्तर्गतका नियोगहरुले नेपालमा मानव अधिकार, बाल अधिकार, वातावरण संरक्षण, लिगींय समानतालगायतका क्षेत्रका काम गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?