+

म्यानचेस्टर युनाइटेडसँग पार्टिजन बेलग्रेड पराजित

२०७६ कात्तिक  ८ गते ८:१० २०७६ कात्तिक ८ गते ८:१०
म्यानचेस्टर युनाइटेडसँग पार्टिजन बेलग्रेड पराजित

८ कात्तिक, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा जित हात पारेको छ ।

बिहीबार राति भएको समूह ‘एल’ को खेलमा युनाइटेडले पार्टिजन बेलग्रेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा एन्थोनी मार्सियलले गोल गरे ।

खेलको ४३ औं मिनेटमा युनाइटेडले पाएको पेनाल्टीको सदुपयोग गर्दै मार्सियलले गोल गरे । यो गोलसँगै युनाइटेडले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै युनाइटेडले जित निकालेको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय