+
+
Shares

प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने विप्लव समूहका ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते १७:२५

८ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने विप्लव समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने तयारीमा रहेका ४ जनालाई ललितपुरको लुभुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पाँचथर घर भई ललितपुर धापाखेल बस्ने निकुम्ज सेवा, काभ्रे घर भई ललितपुर महानगरपालिका २८ बस्ने जीतबहादुर खपांगी, भक्तपुर ब्यासी घर भई धापाखेल बस्ने विजेशप्रसाद ढकाल र भोजपुर घर भई काठमाडौं काँडाघारी बस्ने पेम्बा जम्बु शेर्पा रहेका छन् ।

‘उनीहरुको घोषित कार्यक्रम प्रधानमन्त्रीको पुत्ला जलाउने थियो’ ललितपुरका डीएसपी सन्तोष तामाङले भने ।

प्रहरीले उनीहरुमाथि सार्वजनिक शान्तिमा खलल पु¥याएको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?