Comments Add Comment

विश्वकप छनोट : आयरल्यान्ड र पपुवा न्युगिनीको जित

८ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट छनोटमा टेष्ट राष्ट्र आयरल्यान्ड र पपुवा न्युगिनीले जित हात पारेका छन् ।

अबुधावीमा भएको समूह ‘बी’ को खेलमा आयरल्यान्डले जर्सीलाई ८ विकेटले पराजित गरेको हो । १०६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको आयरल्यान्डले १४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । आयरल्यान्डका लागि पाउल स्टिर्लिङले अविजित ५८ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको जर्सीले २० ओभरमा सबै विकेटको क्षतिमा १०५ रन बनाएको थियो ।

जितसँगै आयरल्यान्डले पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ ।

त्यस्तै, शुक्रबार नै भएको समूह ‘ए’ को खेलमा पपुवा न्युगिनीले सिंगापुरलाई ४३ रनले पराजित गरेको छ । १८१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो । यसअघि पपुवा न्युगिनीले पूरै ओभर खेल्दै ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।

सिंगापुरलाई पराजित गरेसँगै पपुवा न्युगिनीले आठ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको पपुवा न्युगिनीले पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment