Comments Add Comment

जेसीज विकास रनिङ शिल्डको उपाधि पुलिसलाई

९ कात्तिक, भरतपुर । विभागीय टिम नेपाल पुलिस क्लबले जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन-११ लाई टाइ-ब्रेकरमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । चितवनका दुई खेलाडी गोल गर्न चुकेपछि पुलिसले ४-२ को सहज जित निकाल्यो । चितवनका कप्तान रुमेश बर्तौला र अश्विन पाखि्रनको प्रहार विफल भयो भने सुधांस महतो र अजय गुरुङको प्रहार भने गोल भएको थियो । तर, पुलिसका तर्फबाट पेनाल्टी प्रहार गरेका भरत साह, सुमन लामा, अजित भण्डारी र हरि कठायत सबैले गोल गरे ।

जितसँगै पुलिसले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ र रनिङ शिल्ड पाएको छ । उपविजेता बनेको चितवन-११ ले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगितामा पुलिसका मिडफिल्डर रवि पासवान उत्कृष्ट खेलाडी बने । उनले २५ हजार नगद पुरस्कार पाए । त्यस्तै उत्कृष्ट गोलरक्षक बनेका पुलिसका सत्रुधन चौधरी, उत्कृष्ट रक्षक बनेका चितवनका सुधांस महतो, उच्च गोलकर्ताद्वय पुलिसका सुमन लामा र चितवन-११ का रुमेश बर्तौला र अनुशासित टिम घोषित जावलाखेल फूटबल क्लबले जनही १५ हजार नगद पुरस्कार पाए ।

३० असोजदेखि सुरु भएको प्रतियोगितामा कूल १० टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment