+
+

बढाइएको शुल्क फिर्ता लिन नौ विद्यार्थी संगठनको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ९ गते २०:४७
Photo Credit : फाइल फोटो

९ कात्तिक, काठमाडौं । नौ विद्यार्थी संगठनले एमबीबीएस अध्ययनका लागि बढाइएको शुल्क तत्काल खारेज गर्न माग गरेका छन् । साथै शुल्क फिर्ता नभएसम्म परीक्षा स्थगित गर्न समेत आग्रह गरेका छन् ।

नेपाल विद्यार्थी संघसहित नौ विद्यार्थी संगठनले पाँचबुँदे संयुक्त व्यक्तव्य जारी गर्दै चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि बढाएको शुल्क खारेजको माग गरेका हुन् । उनीहरुले शुल्क फिर्ता नभएसम्म विद्यार्थीहरुले सुरु गरेको आन्देालनको अपनत्व लिएर परीक्षा स्थगित गर्न र समस्या समाधान गर्न आग्रह गरेका छन् ।

सरकार, निजी मेडिकल कलेज र विश्वविद्यालयका उपकुलपतिको मिलोमतोमा शुल्क बढाइएकेा नौ विद्यार्थी संगठनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?