Comments Add Comment

दीपावली : गैर-हिन्दुहरुको समेत साझा ऐतिहासिक पर्व

आज नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको मुख्य दिन एवं दीपावली । यो पर्व सामाजिक र सांस्कृतिक रुपमा जति महत्वपूर्ण छ । यो धार्मिक रुपमा त्योभन्दा महत्वपूर्ण छ । यो केवल हिन्दू धर्मसँग मात्रै होइन । यो त अरु सबै धर्मसाग यो दिनको उस्तै महत्व रहेको छ । साथमा यसको महत्व ऐतिहासिक रुपमा समेत महत्वपूर्ण छ ।

जसकारण यो पर्व कुनैपनि खास समूहको नभएर सम्पूर्ण विश्वमा र धेरैभन्दा धेरैले मनाउने गर्दछन् ।

श्रीराम र कृष्णसँगको सम्बन्ध

त्रेता युगमा भगवान राम जब रावणलाई हराएर अयोध्या फर्किादै थिए । तब श्रीरामको आगमनमा अयोध्यावासीहरुले दीप जलाएर उनको स्वागत गरेका थिए । यो समेत कथा प्रचलित रहेको छ कि यसदिन नै श्रीकृष्णले आतताई नरकासुर जस्तो दुष्टको बध गरेका थिए ।

उनले त्यसरी बृजबासीहरुले आफ्नो प्रसन्नता दीपहरुलाई जलाएर प्रकट गरेका थिए । कृष्णले अत्याचारी नरकासुरको वध दीपावलीको एकदिन पहिले चतुर्दशीको दिन गरेका थिए । यस खुशीमा भोलिपल्ट आमावश्यामा गोकुलवासीहरुले दीप जलाएर खुशी मनाउन थालिएको हो ।

महाकालीको अवतार

राक्षसहरुको बध गर्नको लागि माता देवीले महाकालीको रुप धारण गरेको किंवदन्ती पनि त्यस्तै चर्चित छ । राक्षसको बध गरेपछि मात्रै महाकालीको क्रोध समाप्त भएको थियो । यसैको यादमा उनको शान्त रुप लक्ष्मीको पूजा गरेर दीपावली सुरु गरेको किंवदन्ती छ । यसै रात उनको रौद्र रुप कालीको पूजाको विधान छ ।

भगवान विष्णुसँगको सम्बन्ध

महाप्रतापी तथा दानवीर राजा बलीले आफ्नो बाहुबलसाग तीन लोकमा विजय प्राप्त गरे । त्यतिबेला बलीसाग भयभीत देवताहरुको प्रार्थनामा भगवान विष्णुले वामन रुप धारण गरेर प्रतापी राजा बलीसँग तीन पग पृथ्वी दानको रुपमा मागे । महाप्रतापी राजा बलीले भगवान विष्णुको याचकलाई निराश नगराएर उनले मागेकै वर दिए ।

राजा बलीको दानशीलताबाट प्रभावित भएर भगवान विष्णुले बलीलाई पछि पाताल लोकको अधिपति बनाए भन्ने किंवदन्ती पनि त्यस्तै चर्चित छ ।

शिख धर्मसँग सम्बन्धित लक्ष्मीपूजा

कात्तिक आमावश्याको दिन जुन शिखको छैटौं गुरु हरगोविन्द सिंह जहाागीरको कैदबाट मुक्त भएर अमृतसर फर्किएका थिए । अमृतसरको स्वर्ण मन्दिरको निर्माण समेत दीपावलीको दिन नै सुरु भएको थियो ।

मोहन जोदडोसँगको सम्बन्ध

मोहन जोडदोको सभ्यता भारत वर्षको सबैभन्दा पुरानो सभ्यता हो । आजभन्दा ५००० वर्ष पुरानो यो सभ्यता प्राप्त अवशेषहरुमा माटोको एक मूर्तिका अनुसार त्यस समय समेत दीपावली मनाईन्थ्यो भन्ने प्रमाण भेटिन्छ । त्यस मूर्तिमा माता देवीले दुबै हातमा दीप जलाईरहेको देखिन्छ ।

गौतम बुद्धसँग जोडिएको दीपावली पर्व

बौद्ध धर्मका प्रवर्द्धक गौतम बुद्धको समर्थक एवं अनुयायीहरुले गौतम बुद्धको स्वागतमा हजारौं लाख दीप जलाएर दीपावली मनाएका थिए । सम्राट विक्रमादित्यको राज्याभिषेक दीपावलीको दिन नै भएको थियो । यसकारण यस दिन दीप जलाएर दीपावली मनाईएको पनि अर्काे मान्यता छ । ईसा पूर्व चौथो शताब्दीमा रचित कौटिल्य अर्थशास्त्रका अनुसार कात्तिक आमावश्याको अवसरमा मन्दिर र घाटमा समेत बत्ती बाल्ने गरिन्छ ।

जैन धर्मसँग सम्बन्धित

जैन धर्मको चौबिसौं तीर्थकर भगवान महावीरले समेत दीपावलीको दिन नै बिहारको पावापुरीमा आफ्नो शरीर त्याग गरेका थिए । महावीर निर्वाण संवत् यसको दोस्रो दिनदेखि सुरु हुन्छ । यसकारण अनेक प्रान्तमा यस वर्षको सुरुवात भएको मानिन्छ । दीपोत्सवको वर्णन प्राचीन जैन ग्रन्थमा देख्न पाइन्छ । कल्पसूत्रमा भनिएको छ ‘महावीरको निर्वाणको साथ जुन अन्तर ज्योति सदाको लागि बन्द भयो । आओ हामी उनको क्षतिपूर्तिको लागि त्यही ज्योतिको प्रतीक दीप जलाऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment