Comments Add Comment

नेपाली सेलिब्रेटीले कसरी मनाउँदैछन् तिहार ?

‘दीप जस्तै उज्यालो, जगत झै भरिपूर्ण र उमंगले झिलिमिली होस् सबैको जीवन । तिहारको न्यानो शुभकामना ।’

अभिनेत्री रेखा थापाले तिहारको मेसोमा यस्तै सन्देश लेखिन्, सामाजिक सञ्जालमा । यससँगै उनले केही तस्वीर समेत पोस्ट गरिन् । रातो पहिरनमा ठाँटिएकी उनले झिलिमिली शहरलाई पृष्टभूमि बनाउँदै प्रशन्न मुद्रामा आफ्नो तस्वीर सार्वजनिक गरेकी हुन् ।

त्यसो त तिहारको उल्लास सबैतिर छाएको छ । यो उल्लासमा नेपाली सेलिब्रेटीहरु पनि रमाइरहेका छन् । तिहारको खुसी र रमझमलाई उनीहरुले सामाजिक सञ्जालमा अभिव्यक्त गरेका छन् ।

अभिनेत्री प्रियंका कार्कीले इन्स्टाग्राममा तिहारको खुसी व्यक्त गरेकी छिन् । उनले उनले घर अघिल्तिर रंगोली बनाएकी छिन् । रंगोली र लक्ष्मीको पूजास्थलमा तस्वीर खिचेर इन्स्टाग्राममा राखेकी छिन् । उनले लेखेकी छिन्, ‘यो वर्षको मेरो रंगोली….सबैलाई तिहारको शुभकामना’

हास्य अभिनेता हरिवंश आचार्य पुत्र मोहितवंश आचार्यले तिहारको रमाइलो तस्वीर सार्वजनिक गरेका छन् । हरिवंश आचार्य पत्नी रमिला आचार्यसँगै मोहित दम्पतीले पूजास्थल र रंगोली अघिल्तिर तस्वीर खिचाउँदै छोटकरीमा लेखेका छन्, ‘ह्याप्पी तिहार ।’

गायिका सुनिता दुलालले ‘सबैलाई दीपावलीको शुभकामना, रमाइलो तिहार’ भन्दै तस्वीर सार्वजनिक गरेकी छिन् । उनको तिहारको रौनकले निकै छोएको देखिन्छ । सामाजिक सञ्जालमै उनले भैलो खेलिरहेको भिडियो पनि साझेदार गरेकी छिन् । सुनिताले तिहारलाई लक्षित गर्दै ‘उज्यालो तिहार’ शीर्षकमा म्युजिक भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त गीतमा सुनितालाई गायनमा प्रकाश सपूतले साथ दिएका छन् ।

गायक प्रमोद खरेलले पनि यसपाली तिहार उल्लासमय ढंगले मनाउँदैछन् । बिजुली बत्तीले झिलिमिली घरलाई पृष्टभूमि बनाएर उनले तस्वीर खिचाएका छन् । घरको आँगनमा उनले आफैले रंगोली बनाएका रहेछन् । तिहारको रमझममा रमाउँदै उनले लेखेका छन्, ‘कन्सर्टबाट फर्केर हतार हतार बनाएको यसपालीको रंगोली, अदि दीपावली । सवैको जीवनमा यस्तै उज्यालो छाओस्, सबैलाई दीपावलीको शुभकामना ।’

अभिनेत्री केकी अधिकारीले पनि दिपावलीको तस्वीर सार्वजनिक गरेकी छिन् । केकीलाई तिहारको रमझमले राम्रैसाग छोपेको देखिन्छ । उनले फेसबुकमा तिहार लक्षित तस्वीरहरु एकपछि अर्को सार्वजनिक गरेकी छिन् । रंगोली अघिल्तिर उभिएर, दियो बालेर तस्वीर खिचाएकी छिन् ।

फेसबुकमा उनले दीयो जलाइरहेको तस्वीर सार्वजनिक गरेकी हुन् । पहेंलो कुर्तामा ठाँटिएकी उनी क्लासिक लुक्समा देखिन्छन् ।

यसैगरी अभिनेत्री अदिती बुढाथोकी तिहार मुडमा देखिन्छन् । तिहारलाई लक्षित गर्दै प्रशन्न मुद्रामा आफ्ना तस्वीरहरु सार्वजनिक गरेकी छिन् । साडी र कुर्तामा उनी निकै सालिन, सौम्य देखिएकी छिन् । अदितीले दियो बत्तीसागै तस्वीर खिचाएकी छिन् र लेखेकी छिन्, ‘उज्यालोको पर्व ।’ यसअघि उनले ‘ह्याप्पी दिवाली’ भन्दै तिहारको शुभकामना साटेकी छिन् ।

अभिनेत्री सुष्मा अधिकारीले तिहार निकै रमाइलोसँग मनाइरहेकी छिन् । उनले घर परिवारसँग दिपावली मनाइरहेको तस्वीरहरु सार्वजनिक गरेकी छिन् । रंगोली, पूजास्थलमा तिहार मनाइरहेको तस्वीर राख्दै सुष्माले लेखेकी छिन्, ह्याप्पी तिहार ।

कतिपय सेलिब्रेटीको तिहार चाहि यसपाली खल्लो भएको छ । हास्य कलाकार राजाराम पौडेलले यसपालीको तिहार मनाउन पाएका छैनन् । उनले फेसबुकमा लेखेका छन्, ‘मेरो त यो लगातार दुई वर्ष भयो तिहार मनाउन नपाएको । घरमै दिक्क भएर बसिरहेको छु । न लक्ष्मी पूजा, न भाइटिका ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment