+

मुख्य प्रशिक्षक स्टामले दिए राजीनामा

२०७६ कात्तिक  १२ गते ७:३७ २०७६ कात्तिक १२ गते ७:३७
मुख्य प्रशिक्षक स्टामले दिए राजीनामा

१२ कात्तिक, काठमाडौं । नेदरल्यान्ड्सको फुटबल क्लब फेएनुर्डका मुख्य प्रशिक्षक जाप स्टामले राजीनामा दिएका छन् ।

आइतबार राति फेएनुर्डले आयाक्ससँग ४–० गोलको हार ब्यहोरेको थियो । यो सिजन निकै खराब प्रदर्शन गरेको फेएनुर्डका मुख्य प्रशिक्षक स्टामले आयाक्ससँग हारेपछि राजीनामा दिएका हुन् ।

४७ वर्षीय स्टामको टिमले आयाक्सविरुद्ध सात मिनेटमा नै दुई गोल खान पुगेको थियो । खेलको ४०औं मिनेटसम्म चार गोल खाएको फेएनुर्डका प्रशिक्षक स्टामको आलोचना हुदै आएको थियो ।

उनले टिम सम्हालेपछि यो सिजनमा फेएनुर्डले ११ खेल खेल्दा मात्र तीन खेलमा जित हात पारेको छ । पाँच खेलमा हार र तीन खेलमा बराबरी खेलेको फेएनुर्डले १४ अंक बनाएर लिगको १२औं स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय