Comments Add Comment

यूएईलाई हराउँदै नेदरल्याण्ड्स टी-२० विश्वकपमा

काठमाडौं । नेदरल्याण्ड्स टी-२० विश्वकप २०२० का लागि छनोट भएको छ ।

दुबईमा जारी छनोटको प्ले आफमा घरेलु टोली यूएईलाई ८ विकेटले हराएको नेदरल्याण्ड्सले सेमिफाइनलसँगै विश्वकपमा पनि स्थान बनायो ।

दुबईले दिएको मात्र ८१ रनको लक्ष्य नेदरल्याण्ड्सले १५.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका वेन कुपरले अविजित ४१ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले निकै खराब ब्याटिङ गरेको थियो । मात्र ९ रन जोड्दा ५ विकेट गुमाएको उसको पारी लोअर अर्डरका ब्याट्सम्यानहरुले सम्हाल्ने प्रयास गरेपनि ठूलो पारी खेल्न सकेनन् र २० ओभरमा ९ विकेट गुमाएर मात्र ८० रन बनाउन सक्यो ।

यूएईलाई सस्तैमा समेट्ने क्रममा ब्रेण्डन ग्लोभर एक्लैले चार विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment