+

सेतो पानी बग्ने समस्या : कसरी गर्ने घरेलु उपचार ?

२०७६ कात्तिक  १४ गते १२:१२ २०७६ कात्तिक १४ गते १२:१२
सेतो पानी बग्ने समस्या : कसरी गर्ने घरेलु उपचार ?

ह्वाइट डिस्चार्ज आम महिलामा हुने समस्या हो । यसले महिला स्वास्थ्यमा ठूलो असर पनि गर्छ । ह्वाइट डिस्चार्जलाई सेतो पानी वा लिकोरिया पनि भन्ने गरिन्छ । महिनावारीको अघिपछि यस्तो पानी बग्नु धेरैको समस्या हो । कतिपय अवस्थामा यो अधिक मात्रामा हुने गर्छ । यसले अन्य रोगको संकेत पनि गर्नेगर्छ ।

सेतो पानी बग्ने कारण

– आफ्नो संवेदनशील अंगको ठिक रुपमा सफाई नहुनु

– कुनैपनि स्थितिमा धेरै हतोत्साहित हुनु

– बिरामी मानिससँग सम्बन्ध राख्नु

– पटक पटक गर्भपतन गराउनु

– कुनै रुपमा संक्रमण या बिरामीको कारण

– शरीरमा पोषक तत्वको कमी हुनु आदि ।

यस रोगका लक्षणहरु

– चक्कर आउनु

– शरीरमा थकावट हुनु

– संवेदनशील अंग चिलाउनु

– शरीरमा कमजोरी महसुस हुनु

– संवेदनशील अंगबाट दूर्गन्ध आउनु

– कब्जियत एवं टाउको दुखाई हुनु

सुरक्षाको तरिका

– आफ्नो संवेदनशील अंगलाई पूरा रुपमा सुख्खा र सफा राख्नुपर्छ । जसरी भएपनि संक्रमण फैलिने समस्या कम गराउनुपर्छ ।

– महिनावारीको समयमा सफाईको पूरा ध्यान दिनुपर्छ । हरेक ४ देखि ६ घण्टापछि प्याड बदल्ने गर्नुपर्छ । हल्का पानीले यसलाई सफा गर्नुपर्छ । सुख्खा वा सुतीको कपडाबाट आफ्नो संवेदनशील अंगको सफाई गर्नु राम्रो हुने चिकित्सकहरुको सुझाव छ ।

– ल्युकोरियाको समस्या शरीरमा कमजोरीको कारणले हुने गर्दछ । यसको लागि आफ्नो खानामा पोषण युक्त चिजलाई समेत सामेल गर्ने गर्नुपर्छ । जसबाट हाम्रो शरीर पूरा रुपमा स्वस्थ रहन्छ ।

यसबाट बच्ने घरेलु उपाय

– राति भिजाएर राखेको अन्जीरलाई बिहान पानीमा पिसेर खाली पेट खाने गर्नुपर्छ ।

– आफ्नो डाइटमा केरा पनि मिसाउने गर्नुपर्छ ।

– फिटकिरीलाई तातो पानीमा भिजाएर त्यसले आफ्नो संवेदनशील अंगको सफाई गर्ने गर्नुपर्छ । यस्तो गर्दा एक हप्तामा नै सेतो पानी बग्ने समस्याको समाधान हुने गर्दछ ।

– चामल उमालेर त्यसैमा रहेको पानीले आफ्नो संवेदनशील अंगको सफाई गर्नुपर्छ ।

– १ लिटर पानीमा अदुवालाई राम्रोसँग उमालेर जब पानी आधा हुन्छ त्यसपछि पिउने गर्नुपर्छ ।

– गुलावको पत्तालाई सुख्खा गरेर पाउडर बनाउने गर्नुपर्छ । दैनिक दूधको साथमा यसको सेवन गर्ने गर्नुपर्छ ।

– मेथीको पानीबाट पनि संवेदनशील अंगको सफाई गर्न सकिन्छ । यसको साथमा हामी मेथीको धुलोलाई पानीमा राखेर पनि लिन सकिन्छ ।

– भुटेको चनालाई सख्खरको साथमा मिसेर दूध वा घिउको साथमा मिलाएर दैनिक यसको सेवन गर्न सकिन्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट

खुल्यो अस्पतालको ओपीडी सेवा, बिरामीलाई राहत (तस्वीरहरू)

खुल्यो अस्पतालको ओपीडी सेवा, बिरामीलाई राहत (तस्वीरहरू)

देखासिकीको जोखिम : आत्म*हत्याका घटनालाई कसरी प्रस्तुत गर्ने ?

देखासिकीको जोखिम : आत्म*हत्याका घटनालाई कसरी प्रस्तुत गर्ने ?