+
+

सेतो पानी बग्ने समस्या : कसरी गर्ने घरेलु उपचार ?

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १२:१२

ह्वाइट डिस्चार्ज आम महिलामा हुने समस्या हो । यसले महिला स्वास्थ्यमा ठूलो असर पनि गर्छ । ह्वाइट डिस्चार्जलाई सेतो पानी वा लिकोरिया पनि भन्ने गरिन्छ । महिनावारीको अघिपछि यस्तो पानी बग्नु धेरैको समस्या हो । कतिपय अवस्थामा यो अधिक मात्रामा हुने गर्छ । यसले अन्य रोगको संकेत पनि गर्नेगर्छ ।

सेतो पानी बग्ने कारण

– आफ्नो संवेदनशील अंगको ठिक रुपमा सफाई नहुनु

– कुनैपनि स्थितिमा धेरै हतोत्साहित हुनु

– बिरामी मानिससँग सम्बन्ध राख्नु

– पटक पटक गर्भपतन गराउनु

– कुनै रुपमा संक्रमण या बिरामीको कारण

– शरीरमा पोषक तत्वको कमी हुनु आदि ।

यस रोगका लक्षणहरु

– चक्कर आउनु

– शरीरमा थकावट हुनु

– संवेदनशील अंग चिलाउनु

– शरीरमा कमजोरी महसुस हुनु

– संवेदनशील अंगबाट दूर्गन्ध आउनु

– कब्जियत एवं टाउको दुखाई हुनु

सुरक्षाको तरिका

– आफ्नो संवेदनशील अंगलाई पूरा रुपमा सुख्खा र सफा राख्नुपर्छ । जसरी भएपनि संक्रमण फैलिने समस्या कम गराउनुपर्छ ।

– महिनावारीको समयमा सफाईको पूरा ध्यान दिनुपर्छ । हरेक ४ देखि ६ घण्टापछि प्याड बदल्ने गर्नुपर्छ । हल्का पानीले यसलाई सफा गर्नुपर्छ । सुख्खा वा सुतीको कपडाबाट आफ्नो संवेदनशील अंगको सफाई गर्नु राम्रो हुने चिकित्सकहरुको सुझाव छ ।

– ल्युकोरियाको समस्या शरीरमा कमजोरीको कारणले हुने गर्दछ । यसको लागि आफ्नो खानामा पोषण युक्त चिजलाई समेत सामेल गर्ने गर्नुपर्छ । जसबाट हाम्रो शरीर पूरा रुपमा स्वस्थ रहन्छ ।

यसबाट बच्ने घरेलु उपाय

– राति भिजाएर राखेको अन्जीरलाई बिहान पानीमा पिसेर खाली पेट खाने गर्नुपर्छ ।

– आफ्नो डाइटमा केरा पनि मिसाउने गर्नुपर्छ ।

– फिटकिरीलाई तातो पानीमा भिजाएर त्यसले आफ्नो संवेदनशील अंगको सफाई गर्ने गर्नुपर्छ । यस्तो गर्दा एक हप्तामा नै सेतो पानी बग्ने समस्याको समाधान हुने गर्दछ ।

– चामल उमालेर त्यसैमा रहेको पानीले आफ्नो संवेदनशील अंगको सफाई गर्नुपर्छ ।

– १ लिटर पानीमा अदुवालाई राम्रोसँग उमालेर जब पानी आधा हुन्छ त्यसपछि पिउने गर्नुपर्छ ।

– गुलावको पत्तालाई सुख्खा गरेर पाउडर बनाउने गर्नुपर्छ । दैनिक दूधको साथमा यसको सेवन गर्ने गर्नुपर्छ ।

– मेथीको पानीबाट पनि संवेदनशील अंगको सफाई गर्न सकिन्छ । यसको साथमा हामी मेथीको धुलोलाई पानीमा राखेर पनि लिन सकिन्छ ।

– भुटेको चनालाई सख्खरको साथमा मिसेर दूध वा घिउको साथमा मिलाएर दैनिक यसको सेवन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?