Comments Add Comment

केराको बुङ्गा : कति स्वादिलो, कति स्वास्थ्यकर ?

केराको बुङ्गाको अचार कम्ता स्वादिलो हुँदैन । अचार बनाउन गाह्रो पनि छैन । बुङ्गाको पत्र-पत्र फूल निकालेर त्यसैको अचार बनाइन्छ । यसका लागि उक्त पत्रे फूल बफ्याउनुपर्छ । यसमा नुन, खुर्सानी र छोप राख्नुपर्छ । त्यसमाथि कागतीको रस भए काइदा हुन्छ । यसलाई तपाईंले फरक ढंगले पनि तयार गर्न सक्नुहुन्छ ।

तर, यहाँ चर्चा अचारको होइन । बुङ्गाको हो ।

केराको बुङ्गाको महत्वको बारेमा धेरै वैज्ञानिक अनुसन्धानहरु भएका छन् । यी अनुसन्धानबाट देख्नमा आकर्षक मात्रै नभएर स्वास्थ्यको लागि समेत केराको बुङ्गा लाभदायक हुने कुरा प्रमाणित भइसकेको छ । केराको बुङ्गालाई केराको बोटको मुटुको मान्ने गरिन्छ । यसलाई हामी उपयोगी खाद्य पदार्थको रुपमा पनि प्रयोग गर्न सक्छौं ।

एक अध्ययनका अनुसार १०० ग्राम केराको फूलमा पाईने पोषक तत्व र खनिज पदार्थ यस प्रकारको छ ।

क्यालोरी – ५१ ग्राम

प्रोटिन – १.६ ग्राम

चिल्लो – ०.६ ग्राम

कार्बाेहाईड्रेड – ९.९ ग्राम

क्याल्सियम – ५६ मिलिग्राम

फस्फोरस – ७३.३ मिलिग्राम

आइरन – ५६.३ ग्राम

कपर – १३ मिलिग्राम

पोछासियम – ५५३.३ मिलिग्राम

म्याग्नेसियम – ४८.७ मिलिग्राम

भिटामिन ई – १.०७ मिलिग्राम

केराको बुङ्गा संक्रमणबाट बच्नको लागि उपयोगी मान्ने गरिएको हुन्छ । किनकी यी बुङ्गाहरुमा इथेनल हुन्छ । जुन रोग प्रतिरोधात्मक ब्याक्टेरियाको विकासलाई रोक्न मद्दतदायक हुन्छ । शरीरमा लाग्ने कुनै चोट या घाउको उपचारका लागि समेत केराको बुङ्गा सहायकसिद्ध हुने गर्छ । यो बुङ्गाको सेवनले मलेरिया सम्बन्धी परिजीवी या ब्याक्टेरियालाई नष्ट गर्न समेत मद्दत गर्छ ।

मधुमेहबाट पीडित भएकाको लागि पनि केराको बुङ्गा पर्याप्त मात्रामा सेवन गर्नुपर्छ । मधुमेह रोगीलाई केराको बुङ्गालाई काँचै या उमालेर पनि सेवन गर्न सकिन्छ । किनकी केराको बुङ्गामा फाइबर र फलाम उच्च मात्रामा हुन्छ । जसको कारण यो रातो रक्त कोशिकाको उत्पादन बढाउनमा मद्दत गर्ने गर्दछ । यदि तपाईं मधुमेहको रोगी हुनुहुन्छ र यसको उपचार चलिरहेको छ भने त्यतिबेला आयुर्वेदिक उपचारको रुपमा केराको फुलको उपयोग गर्ने गरिन्छ ।

बच्चालाई जन्म दिएपछि अधिकांश महिलाहरुमा दूध उत्पादन कम हुने गर्दछ । जसबाट बच्चाहरुलाई पर्याप्त पोषण मिल्दैन । जस कारण उनीहरु कुपोषणको शिकार हुने गर्छन् । जुन महिलामा दूध उत्पादनको क्षमता कम हुन्छ । उनीहरु आफ्नो आहारमा केराको बुङ्गा सामेल गर्न चाहन्छन् । केराको बुङ्गाको सेवनले अत्यधिक रक्तश्राव रोक्न पनि सहयोगी हुने गर्दछ । जसले गर्दा गर्भाशयलाई स्वस्थ राख्न मद्दत गर्छ । गर्भावस्थाको समयमा केराको बुङ्गा सेवन गर्दा महिलाहरुमा कब्जियतको समस्या पनि समाधान हुन्छ । त्यसकारण गर्भवती र स्तनपान गर्ने महिलाहरु आफ्नो आहारामा नयाँ र कोमल केराको बुङ्गा सामेल गराउने गर्दछन् ।

मानव शरीरमा अधिकांश स्वास्थ्य समस्याको प्रमुख कारण फ्रि रेडिकल्स या मुक्त कण हुने गर्दछ । जसले हाम्रो शरीरको कोशिकाहरुलाई क्षति पुग्छ । तर, यस समस्याबाट बच्ने एक सजिलो घरेलु तरिका केराको बुङ्गाको सेवन गर्नु हुनसक्छ । किनकी केराको बुङ्गामा रहेको एन्टिअक्सिडेन्टको मात्राले क्यान्सर र समयभन्दा अघि नै बुढ्यौली हुने समस्याबाट जोगाउने गर्छ ।

फाइबर र अन्य पोषक तत्वका लागि र वजन घटाउन केराको बुङ्गा राम्रो विकल्प हो । नियमित केराको बुङ्गा सेवन गर्नुले पेट हुन्छ । यसमा रहेको फाइबरले पाचनतन्त्रलाई स्वस्थ्य राख्ने र भोकलाई नियन्त्रित गर्ने गर्छ । यसो हुँदा पटक पटक भोजन गर्ने आवश्यकता रहँदैन । यसबाट हाम्रो तौललाई समेत नियन्त्रणमा राख्न सकिन्छ ।

मासिक धर्मको समयमा महिलाले विभिन्न समस्याको समाना गर्नुपर्छ । यस्तो हुँदा केराको बुङ्गाको औषधीय गुणले महिलाका यी समस्यालाई दूर गर्न सक्छ । मासिक धर्मसम्बन्धी अन्य समस्या समाधान गर्न पनि केराको बुङ्गा प्रभावी हुने गर्छ ।

मानसिक स्वास्थ्यलाई नराम्रो बनाउनको लागि केराको बुङ्गा एक औषधीय विकल्प हो । किनकी केराको बुङ्गामा म्याग्नेसियमको उच्च मात्रा हुन्छ । जसको कारण यो मूडमा सुधार हुनसक्छ । साथमा हामीलाई तनाव र चिन्ताबाट पनि मुक्ति दिन सकिन्छ । नियमित आहारमा केराको बुङ्गालाई बिना कुनै अपशोच सेवन गर्न सकिन्छ ।

केराको बुङ्गाको सलाद बनाउने तरिका

केराको बुङ्गालाई राम्रोसँग सफा गर्नुपर्छ । यसलाई सानो सानो टुक्रामा काट्नुपर्छ । यसलाई एक कचौरा पानीमा भिजाउनुपर्छ । यसमा १ चम्चा स्याउबाट बनाईएको धुलो राख्नुपर्छ । त्यसपछि नौनीमा थोरै नुन हालेर थोरै कालो खुर्सानीको पाउडर मिसाएर त्यसलाई राम्रोसँग पकाउनुपर्छ । त्यसमाथि नरिवलको मिश्रण गर्न सके झनै राम्रो हुन्छ । यसरी केराको बुङ्गाबाट सलाद बन्छ ।

केराको बुङ्गालाई उपयोग गर्नको लागि यसलाई राम्रोसँग सफा गर्नुपर्छ । किनकी केराको बुङ्गाबाट निकाल्नेवाला रस हाम्रो छालामा चिलाउने समस्याको कारण बन्न सक्छ । केराको बुङ्गाको अधिक प्रयोगबाट भने बच्नु पर्दछ । अन्यथा यो पेट सम्बन्धी समस्याको कारण बन्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment