Comments Add Comment

रणवीर र आलियाको फिल्ममा साहरुखको केमियो

नायक साहरुख खान नोभेम्बर २ मा आफ्नो जन्मदिन मनाउँदैछन् । उनको जन्मदिन सेलिव्रेशन गर्न विश्वभरबाट उनका फ्यान मुम्बई पुगिरहेका छन् । उनै, साहरुखले आफ्नो जन्मदिनमा नयाँ चलचित्रको घोषणा गर्ने तयारी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । साउथका चलचित्रका सफल निर्देशक एट्लीसँग साहरुखले काम गर्न लागेको चर्चा समेत भारतीय मिडियामा चलिरहेको छ । तर, साहरुख र उनको टिमले यो बिषयमा केही पनि बोलेको छैन।

यसैविच, नायक साहरुख खानले एक चलचित्रमा केमियो भूमिका गर्ने पक्का भएको छ । नायक रणवीर कपुर र नायिका आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘ब्रम्हास्त्र’मा साहरुखले केमियो भूमिका गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

साहरुखको भूमिका छोटो भएपनि विशेष रहेको मिडियामा उल्लेख छ । उनले, केमियो सुटिङका लागि डिसेम्बरको समय दिएका छन् । रणवीर कपुरको यात्रालाई अगाडि लैजान चलचित्रमा साहरुखको भूमिका विशेष रहेको भारतीय मिडियाले जनाएका छन् ।

साहरुखले रणवीर कपुरकै मुख्य भूमिका रहेको चलचित्र ‘ए दिल हे मुश्किल’मा पनि केमियो भूमिका निर्वाहा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment