Comments Add Comment

यस्तो बन्दैछ दशरथ रंगशाला (फोटो फिचर)

१५ कात्तिक, काठमाडौं । भूकम्पले क्षतिग्रस्त भएको नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला नयाँ रुप लिने क्रममा छ । आगामी साग खेलकुदका लागि तयार गर्नुपर्ने भएकाले यतिबेला युद्धस्तरमा काम भइरहेको छ ।

रंगशाला अभावमा नेपालको फुटबल चार वर्षदेखि लथालिंग बनेको थियो । विभिन्न कारणले रंगशालाको पुनर्निमाणमा ढिलासुस्ती भए पनि अब भने अन्तिम चरणमा पुगेको बताइएको छ । नेपालमा आगामी मंसिर १५ देखि २४ गतेसम्म १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता यही रंगशालामा गर्ने तयारी छ ।

सागको उद्घाटनदेखि समापन पनि यही रंगशालामा हुने हुँदा त्यसअघि नै निर्माण सम्पन्न गर्नु पर्ने चटारो परेको हो । त्यसो त मंसिर ३ गते हुने विश्वकप फुटबलको दोस्रो चरण अन्तर्गत नेपाल र कुबेत विरुद्धको होम खेल पनि यही रंगशालामा आयोजना हुने छ ।

यतिबेला रंगशालाको साधारण प्याराफिटमा सिट हाल्ने काम धमाधम भइरहेको छ भने मैदानमा दुबो उमार्ने काम पनि जारी छ । तर १३औं साग अघि नै रंगशालाको सम्पूर्ण काम सकिनेमा भने ढुक्क हुने अवस्था छैन । भीआईपीतर्फको प्याराफिटमा छाना हाल्नेदेखि साउन्ड स्टिम, लाइट र रङरोगनका कामहरु बाँकी नै छन् ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment