Comments Add Comment

हिमालयन क्यापिटल लिमिटेडको उद्घाटन

१५ कात्तिक, काठमाडौं ।  हिमालयन बैंक लिमिटेडले आफ्नो सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडको कारोबार शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले एक समारोहकोबीच हिमालयन क्यापिटल लिमिटेडको उद्घाटन गर्दै औपचारिक रुपमा सेवा प्रारम्भ गरेको घोषणा गरे ।

बैंकको पूर्ण स्वामित्व रहेको हिमालयन क्यापिटलको मुख्य उद्देश्य ग्राहकहरुका लागि मर्चेन्ट बैंकिंग तथा इन्भेस्टमेन्ट बैंकिङ सेवा प्रदान गरे ।

क्यापिटलको चुक्ता पुँजी २० करोड रहेको छ । नेपाल धितोपत्र बोर्डले हिमालयन क्यापिटललाई मिति २०७६, श्रावण २६ गते सम्पूर्ण मर्चेन्ट बैंकिङ कारोबार गर्न इजाजत प्रदान गरेको थियो ।

मर्चेन्ट बैंकिङ कारोबार अन्तर्गत हिमालयन क्यापिटल लिमिटेडले धितोपत्र निष्कासन, शेयर रजिष्ट्रार, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा र डीपी सेवा प्रदान गर्ने छ ।

उद्घाटन समारोहमा हिमालयन बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले पुँजीबजारमा आएका सकारात्मक परिवर्तन र बजारको दायरामा भएको वृद्धिलाई आत्मसाथ गर्दै ग्राहकको सेवामा कम्पनी पुर्णरुपमा समर्पित हुने बताए ।

साथै हिमालयन क्यापिटलको संचालक समितिका अध्यक्ष तथा हिमालयन बैंकका महाप्रबन्धक सुशील जोशीले ग्राहकहरुलाई आधुनिक मर्चेन्ट बैंकिंग सेवाहरु उपलब्ध गराउने र देशको अर्थतन्त्रको दिगो विकासमा योगदान पुर्याउने प्रतिबद्धता जाहेर गर्दै निकट भविष्यमानै नियामक निकायको स्वीकृति पश्चात क्यापिटलले हिमालयन बैंकको सामुहिक लगानी कोष “हिमालयन म्युच्युअल फण्ड” तथा अन्य लगानी कोषहरुको संचालन गरि ग्राहकहरुलाई बिशिस्टकृत सेवा प्रदान गर्ने लक्ष्य राखेको जानकारी गराए ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले कम्पनीले ग्राहकहरुको सन्तुष्टिलाई आत्मसाथ गर्दै सम्पूर्ण धितोपत्र बजारलाई सकारात्मक योगदान दिन कटिबद्ध रहने उल्लेख गरे ।
हिमालयन क्यापिटल लिमिटेडको संचालक समितिमा, हिमालयन बैंक लिमिटेडकोतर्फबाट सुशील जोशी अध्यक्ष र संचालकहरुमा सुनिल गोर्खालि र सतिश राज जोशी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment