+
+
Shares

पूर्वराजाको सक्रियता कुण्ठामात्र हो : मुख्यमन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १६ गते २०:४२

१६ कात्तिक, पोखरा । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देखाएको सक्रियता केवल कुण्ठामात्रै भएको टिप्पणी गरेका छन् । पूर्वराजाको सक्रियता समृद्धिमा चुनौती नहुने समेत उनको दाबी छ ।

मदन भण्डारी फाउण्डेशन कास्कीले शनिबार पोखरामा गरेको ‘समृद्धि र यसका चुनौती’ विषयक गोष्ठीमा मुख्यमन्त्री पोखरेलले भने, ‘राजनीतिमा अग्रजहरु चुनौतीका रुपमा देखा पर्छन् । पछिल्लो समय पूर्वराजाको सक्रियता बढेको छ ।यसलाई म ठूलो समस्याका रुपमा देख्दिनँ ।उहाँको सक्रियता कुण्ठामात्रै हो।’

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले समाजमा नकारात्मक कुरा फैलाउनेहरु सक्रिय रहेको समेत दाबी गरे।’हिजोका दिनमा राज्य सम्पत्ति दोहन गर्न पल्केकाहरुलाई हामीले पन्छाएका छौं,’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का स्थायी कमिटी सदस्य समेत रहेका पोखरलले भने, ‘अहिले त्यसरी दोहन गर्न नपाएर व्यक्तिगत स्वार्थका लागि नकारात्मक कुरा फैलाइरहेका छन् ।’

‘सोसियल डिसअर्डर’का कारण जनताले पनि नकारात्मक कुरालाई नै समर्थन गरिरहेको उनले बताए ।

पोखरेलले विरोधीको विरोधबाट नआत्तिन समेत आग्रह गरे । ‘सबैजना विरोधबाट आत्तिएको देख्छु । डराउनुपर्ने केही छैन,’ उनले भने, ‘परिवर्तनका लागि हिँडेकालाई यथास्थितिवादी विरोध गर्छन् । यसलाई सामान्य रुपमा लिनुपर्छ ।’ उनले मेडिकल क्षेत्रमा सरकारले सुधार ल्याएको भएपनि डा. गोविन्द केसीको अनसनका कारण सम्भव भएको भन्ने जनतामा भ्रम रहेको आरोप लगाए ।

‘विद्रोही चेतनाबाट टाढा जान सकेनौं’

मुख्यमन्त्री शंकर पोखरेलले नेपाली राजनीति विद्रोही चेतनाभन्दा बाहिर आउन नसकेको विचार राखे ।

एउटा युग परिवर्तन हुन एउटा क्रान्ति नै काफी हुने भएपनि नेपालमा ३ वटा क्रान्तिपछि पनि परिवर्तन नहुनु जनता, कार्यकर्ता र राजनीतिज्ञ सबै दोषी रहेको मुख्यमन्त्री पोखरेलले सुनाए।’लामो समय हामी क्रान्तिमा होमियौं । शिक्षा, दिक्षा नै त्यही अनुसार पायौं,’ उनले अघि भने, ‘तर अहिले फरक समयमा छौं । विद्रोही चेतनालाई रचनात्मक चेतनामा बदल्न सकेका छैनौं ।’

जनताको शासन, सरकार र संविधान आइसकेको भन्दै उनले दुई तिहाइको सरकारलाई समर्थन गर्नआग्रह गरे । ‘राज्य आˆनै भइसकेको छ । जनताकै संविधान आइसकेको छ । जनताले अब राज्यको विद्रोही होइन पक्षधर भएर समर्थन गर्नुपर्छ,’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?