+
+
Shares

प्रवासी नेपालीले मनाए छठ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १७ गते १२:३८

काठमाडौं । प्रवासमा रहेका नेपालीहरूले छठ पर्व धुमधामका साथ मनाएका छन। कतारको दोहामा २-३ नोभेम्बरको दिन होम साइड समुद्र तटमा र विश्वका विभन्न ठाउँमा रहेका तराई-मधेशका नेपालीहरुले उत्साहपूर्वक छठ पर्व मनाएका हुन् ।

मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघले अमेरिका, कतार, साउदी, दुबईलगायतका देशहरुमा छठ पर्व मनाएको ५ ।

कतारमा भएको छठमा मधेशीहरुको उलेख्य रुपमा सहभागिता रहेको कतारका वरिष्ठ उपाध्यक्ष शिवकुमार पालले बताए । कतारको दोहामा विशेष कार्यक्रम गरी एनआरएमएले छठ मनाइएको छ भने अमेरिकामा पनि विशेष समारोहको आयोजना गरिएको थियो।

कार्यक्रममा गैरआवासीय मधेशी संघका प्रतिनिधि हरु सुरेंद्र नारायण यादव, वीरेन्द्रकुमार साह, बद्री यादव, चन्द्रविर यादव, सरोजप्रसाद साह, शिवकुमार पाल, राम नंदन गुप्ता, संजय साह, राम जनम शर्मा, जीतेन्द्रकुमार महतो र संघका अन्य प्रतिनिधि सदस्यहरुको उपस्थिति रहेकाे थियाे ।

साउदी र दुबइ, स्पेन, कुवेत, भारत, सऊदी अरबिया, साइप्रस ,चीन, मलेशिया, स्वीडेन, ओमान, दक्षिण कोरिया, अस्ट्रेलिया, संयुक्त अधिराज्य (बेलायत) र सिंगापुरमा पनि एनआरएमएका सदस्यहरुले छठ मनाएका छन् ।

एनआएएमए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले छठले मधेशको संस्कृतिलाई विश्वभरी जर्गेना गर्न तथा मधेशीहरुबीचको एकतालाई सुदृढ पार्न छठ पर्व मनाइएको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?