+
+
Shares

बलेसहित २५ जुवाडेको सम्पत्ति छानविन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १७ गते १३:३९

१७ कात्तिक, काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले १० कात्तिकमा पक्राउ गरेको २५ जना जुवाडेको सम्पत्तिमाथि पनि छानविन हुने भएको छ ।

काठमाडौं–३, पिपलमार्गस्थित विक्रम गौतमको घरमा छापा मारेर नियन्त्रणमा लिइएका क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटासहित २५ जनामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानविन गर्ने भएको हो ।

तिहार लक्षित विशेष सुरक्षा योजनामार्फत प्रहरीले चलाएको अपरेशनका क्रममा त्यहाँ दुई करोड ४७ लाख रुपैयाँ नगद, बैंक अफ काठमाण्डुको ३ लाख रुपैयाँको चेक, ३२ वटा कौडा, ४ बुक तास लगायत बरामद भएको थियो ।

थुनामा रहेका बलेसहित ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम, मुक्ति लामा लगायतले जुवामा प्रयोग गरेको रकमको स्रोत नखुलेको भन्दै प्रहरीले सम्पत्ति शुद्धीक्ररण विभागलाई पत्र काटेको स्रोतले बतायो ।

पत्रअनुसार विभागले छानविन थाल्ने तयारी गरेको जनाइएको छ ।

विभागले जुवाडेहरु जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै प्रहरी हिरासतबाट मुक्त भएमा आफूलाई जिम्मा लगाउन आग्रह गरेको छ । त्यसको अनुसन्धानका लागि विभागले एक जना अनुसन्धान अधिकृत पनि तोकिसकेको जनाइएको छ ।

पक्राउ परेकामध्ये ११ जुवाडेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पनि दायर गरेका थिए । तर, जिल्ला अदालत, काठमाडौंले ७ दिनको म्याद थप गरेसँगै रिटमा सर्वोच्चले सुनुवाइ गरेन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?