Comments Add Comment

टी–२० विश्वकपको पहिलो खेलमा आयरल्यान्डले श्रीलंकासँग खेल्ने

१७ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा आगामी वर्ष हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा श्रीलंकाले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

१६ राष्ट्रले सहभागिता जनाउने विश्वकप क्रिकेट दुई चरणमा हुनेछ । पहिलो चरणमा आठ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटबाट गएका ६ र टेष्ट राष्ट्रको १० औं र नवौं नम्बरमा पर्ने टिमले विश्वकपको पहिलो राउण्डमा प्रतिस्पर्धा गर्नेछ ।

पहिलो राउण्डको समूह ‘ए’ मा श्रीलंका, पपुवा न्युगिनी, आयरल्यान्ड र ओमान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा बंगलादेशसँगै नेदरल्यान्ड्स, नामिविया र स्कटल्याण्ड रहेका छन् ।

सन् २०२० को अक्टोबर १८ तारिखमा आयरल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै गर्दा यहि दिन समूह ‘ए’ कै अर्को खेलमा पपुवा न्युगिनीले ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, अक्टोबर १९ तारिखमा समूह ‘बी’ मा बंगलादेशले नामिवियासँग प्रतिस्पर्धा गर्दै गर्दा नेदरल्यान्ड्सले स्टकल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकपको पहिलो चरणबाट समूह ‘ए’ र ‘बी’ को समान शीर्ष दुई गरी चार टिम सुपर–१२ मा पुग्नेछ । जसलाई विश्वकपको दोस्रो चरण अर्थात सुपर–१२ भनिन्छ ।

सुपर–१२ मा पनि दुई समूह हुनेछन् ।

सुपर–१२ को समूह ‘एक’ मा आयोजक अष्ट्रेलियासँगै, पाकिस्तान, न्युजिल्यान्ड र वेष्ट इन्डिज रहेका छन् । यो समूहमा विश्वकपको पहिलो राउण्डबाट आएका दुई टिमले स्थान बनाउने छन् ।

त्यस्तै, समूह ‘दुई’ मा इंग्ल्यान्डसँगै, दक्षिण अफ्रिका, अफगानिस्तान र भारत रहेका छन् । यो समूहमा पनि विश्वकपको पहिलो राउण्डबाट आएका दुई टिमले स्थान बनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment