Comments Add Comment

एभर्टनले बराबरी खेल्यो, जित निकाल्ने टोटनह्यामको सपना चक्नाचुर

Photo Credit : प्रिमियर लिग

१८ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम अन्तिम मिनेटमा चुक्दै एभर्टनसँग बराबरी खेलेको छ ।

आइतबार राति भएको खेलमा एभर्टनसँग १–१ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोटनह्यामले खेलको ६३ औं मिनेटमा डेले अलीको गोलबाट अग्रता बनाएको थियो । तर, खेलको ७९ औं मिनेटमा टोटनह्यामका सन ह्युङ मिनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो ।

अतिरिक्त समयमा एभर्टनले गोल गर्न सफल भयो । सेन्क टोसनले गोल गर्दै एभर्टनलाई हारबाट जोगाए ।

त्यस्तै, प्रिमियर लिगमा आइतबार राति नै भएको अर्को खेलमा लेष्टर सिटीले क्रिस्टल प्यालेसलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment